News Category 2079/05/19
विगत ३३ दिनदेखि मिटरब्याजी बिरुद्धको आन्दोलनलाई निरन्तरता
दैनिक समाचारदाता
गौशाला (महोत्तरी), १९ भदौ ।
मिटरब्याजी पीडितहरुद्वारा काठमाडौंस्थित माइतिघर मण्डलामा विगत ३३ दिनदेखि मिटरब्याजी बिरुद्धको आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
सो आन्दोलनमा एक्यबद्धता जनाउँदै नेकपा एमालेका युवा नेता शंकर महतोले मिटरब्याजीलाई जेलमा कोच्न नयाँ कानूनको आवश्यक रहेको बताएका छन् । उनले सुदखोरबाट पीडित भएका गरिब, किसान र मजदुरहरुलाई न्याय दिलाउन सरकारले कानुन संसोधन गर्नु पर्ने बताए ।
‘नेपालको कानुन महाजनकै पक्षमा अहिले पनि छ । यसले गर्दा हजारौं हजार मजदुर, किसानहरु मर्कामा छन् । सरकारको कानुनबाट पनि पीडित छन् । कानुन संसोधन नगरिकन पीडितले न्याय पाउन सक्दैन’, उनले भने ।
साहुको भेषमा सुदखोरहरुले गरिब, निमुखा र मजदुरमाथि अन्याय, अत्याचार गरिहेको नेता महतोले बताए । ‘सरकारले समय टार्नका लागि कार्यदल बनाएको छ । जुन कार्यदललाई कुनै अधिकारै छैन’, उनले भने ।
गृहमन्त्रालयले जिल्ला प्रसाशन कार्यालयमा पत्र पठाएर पीडकसंग पीडितलाई मिलापत्र गराउन लागेको बताउँदै उनले यस्ता गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गराउन नहुने उनले बताए । ‘यस समस्याबाट हजारौ, हजार घरपरिवार यसबाट पीडत छन् । सरलक्क एउटा शब्दमा मिटरब्याजी भनेर पुग्दैन । तमसुक बनाएकै आधारमा पीडतहरुसंग ब्ल्याक मेलिङ गर्छन् । अदालतमा मुद्दा हालेर असुल उपर गर्ने वा उसको जग्गा जमिनबाट असुल उपर गर्दै आएका छन् ।
बिगत तीन वर्षदेखि मिटरब्याजी, जालीतमसुक र ठगी बिरुद्धको आन्दोलन गाउँ, जिल्ला, प्रदेश हुँदै ३३ दिनदेखि काठमाडौंका जारी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ