News Category 2079/05/19
उम्मेदवार चयनमा विशेष ध्यान देऊ
आउँदो मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदबार बन्न आकांक्षीहरु आ–आफ्नो पक्षबाट लबिङ गर्न थालेका छन् । उनीहरु पार्टी पंक्तिका विभिन्न व्यक्तिहरुबाट लबिङ सुरु गरेका हुन् । हुनत उम्मेदवारका आकांक्षीहरु अहिले आफूखुशी विभिन्न सामाजिक संजालमार्फत उम्मेदवार घोषणा गर्न तछाडमछाड गरेको पाइन्छ । पार्टीको निर्णय वा सिफारिस बिनानै उनीहरु अहिले सामाजिक संजालमार्फत तस्बिरसहितको पोष्टर पोष्ट गर्न अग्रपंक्तिमा देखिन्छन् । यस्ता गतिविधि गर्नेहरुमा एउटा दलको मात्र नभएर सम्पूर्ण दलका उम्मेदवारका आकांक्षी अग्रपंक्तिमा रहेका छन् ।
उम्मेदवार बन्नका लागि पार्टीको तल्लो स्तरबाटै नाम सिफारिस हुनु पर्ने प्रावधान रहेको छ । तर सो प्रावधानमार्फत नभएर आफूखुशी उम्मेदवार बन्नेहरुको संख्या एउटा पार्टीको दर्जन भन्दा बढी छन् । एउटै क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरु आधा दर्जन भन्दा बढीको संख्यामा रहेका छन् । यसरी हेर्दा एउटै क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरु विभिन्न पार्टी गरि दुई दर्जनभन्दा बढी रहेका छन् ।
हुनत पाँच वर्षमा हुने निर्वाचनको महाकुम्भमा जो कोही पनि राजनीतिक दलका नेता कार्यकर्ताहरु एक पटकका लागि आफ्नो भाग्य परिक्षा गर्नबाट पछाडी पर्न चाहदैनन् । राजनीति गर्ने व्यक्तिको अपेक्षा पनि आफू निर्वाचनमा खडा हुने र निर्वाचित हुने लक्ष्य रहेको हुन्छ । तसर्थ सम्पूर्ण दलले उम्मेदवारलाई चयन गर्दा योग्य, कर्मठ, जनता तथा विकास प्रेमी, सक्षमताप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ