News Category 2079/05/21
उम्मेदवार चयन गर्न नेतृत्व पंक्तिलाई सकस
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा अहिले उम्मेदवारहरुको नामा सिफारिस गर्ने ओइरो लागेको छ । एउटा क्षेत्रबाट दर्जन भन्दा बढी उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस भएको छ । मधेश प्रदेशका आठ वटै जिल्ला मध्ये सप्तरीमा भने जसपा अध्यक्ष उपेन्द्र यादवको चार वटै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नाम सिफारिस भएको छ भने लोसपा अध्यक्ष महन्थ ठाकुरको क्षेत्र नं. २ र ३ बाट लोसपा वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस भएको छ । यसअघि नै जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले जिल्लाको क्षेत्र नं. २ बाटै निर्वाचन लड्ने विगुल फुकिसकेका छन् ।
यसरी मधेश केन्द्रित दलहरुको राष्ट्रिय अध्यक्षको नाम सप्तरी क्षेत्र नं. २ बाटै सिफारिस हुन थालेपछि यसपटकको निर्वाचन अघि नै रोचक दृश्य देखिएको छ । हुन त अध्यक्षहरुको नाम जिल्लाका नेताहरुले देखाउन भएपनि सिफारिस गरेर पठाउँदै छन् । यो एउटा राजनीतिक दाउपेच हो । यता जिल्लामा प्रतिनिधिसभाको मात्र नभएर प्रदेशसभा सदस्यका लागि उम्मेदवार बन्नेहरुको पनि एक दजर्न भन्दा बढीको नाम सिफारिस भएको छ । मधेश केन्द्रित दलहरुमा अहिले उम्मेदवार बन्नेहरुको ओइरो नै लागेको छ । यसरी उम्मेदवारहरुको सिफारिस गरिएको नाममा स्थानिय पालिकाको अध्यक्ष पदमा पराजित भएकाहरुको अधिक छ । हुन गइरहेको निर्वाचनमा उम्मेदवारको आकांक्षी अत्याधिक देखिएकोले पार्टी नेतृत्व पंक्तिलाई पनि चयन गर्न सकस भइरहेको छ ।
आउँदो निर्वाचनमा योग्य उम्मेदवारको नाम पार्टी नेतृत्व पंक्तिले गम्भिर भएर टुङ्गयाउन पर्ने हुन्छ । कुनै चलखेलमा नलागि इमान्दार नेता कार्यकर्ताको पक्षमा पार्टीले इन्साफ गर्न चुक्नु हुदैन् । तसर्थ पाँच वर्षमा एक पटक जनताबाट निर्वाचित हुने प्रावधान रहेको निर्वाचनमा योग्य उम्मेदवारहरुको पक्षबाट पार्टीले पनि इमान्दारिता देखाउनु उत्तिकै जरुरी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ