News Category 2079/06/02
मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता

दैनिक समाचारदाता
काठमाडौं, २ असोज ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले मानव अधिकारको रक्षा र प्रवद्र्धनका लागि स्थानीय तहले नीति निर्माण र कार्यान्वयनमा जोड दिएका छन् ।
एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा तथा परिवर्तन अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ता सँगसँगै हिड्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा उनले एम्नेस्टी अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउँदै मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने र मानवअधिकार संरक्षणमा आफूपनि सँगसँगै रहेको उल्लेख गरे ।
मावनअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उनले जोड दिनुुभयो ।
एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै संस्थागत सुधार तथा सुशासनको विषयमा जानकारी गराएका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गर्दै अभियानलाई अझै ससक्त बनाउन पनि सुझाव दिए ।
एम्नेस्टी नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालको मानव अधिकार आन्दोलनको जेठो संस्था रहेको बताउँदै संक्रणकालिन न्यायको सन्दर्भमा यसले अनवरत काम गरेको उल्लेख गरे । उनले मानव अधिकारको रक्षा र पैरवीको लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना गर्ने जानकारी गराए ।
एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमा प्रकाश गरे ।
कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पारेका थिए ।
एम्नेस्टी मानवअधिकारको प्रवद्र्धनको लागि विश्वव्यापी सञ्जाल हो । मावन अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ