News Category 2071/07/15
सशस्त्र प्रहरीबाट पाच थान बन्दुक बरामद
दैनिक संवाददाता
राजविराज, १४ कात्तिक ।
सप्तरीको विषहरिया गविस ५ बाट सशस्त्र प्रहरीले शुक्रबार बिहान पाँच थान बन्दुक बरामद गरेको छ ।
विषहरिया गाविस ५ पिपराही टोलको धानखेत नजिक रहेको झाडीमा बोरामा बाँधेर प्mयाकिएको अवस्थामा चार थान भरुवा र एक थान एसएमजी बन्दुक तथा सोमा प्रयोग हुने दुई थान म्याग्जिन समेत बरामद भएको सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरी राजविराजका प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
विषहरिया गाविसमा अवैध बन्दुक हुन सक्ने गोप्य सूचना पाए लगत्तै केही दिनदेखी त्यहा सई सरोज यादवको नेतृत्वमा साधा पोशाकका प्रहरी खटाइरहदा शुक्रबार ती हतियारहरु फ्यालिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।
बरामद भएको ती हतियारहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाइएको सीमा सुरक्षा कार्यालय शसस्त्र प्रहरी राजविराजका प्रहरी उपरिक्षक ह्दयनारायण मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ