News Category 2071/07/15
“राजविराजलाई मधेशको प्रादेशिक राजधानी बनाउन सकिने”
दैनिक संवाददाता
राजविराज, १४ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय सचिवालय सदस्य मदन मोहन चौधरीले राजविराज नगरलाई पूर्वी मधेशको प्रादेशिक राजधानी बनाउन सकिने बताउनु भएको छ ।
नगर सम्मेलन तयारी समितिको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता चौधरीले आफ्नो पार्टीले मुलुकलाई नौ संघीय प्रदेश तथा त्यसमध्ये तराई÷मधेशमा तीनवटा प्रदेश गठन गर्न सुझाव दिएको उल्लेख गर्नुभयो ।
यसरी प्रदेश विभाजन हुँदा भौगोलिक आधारमा राजविराज नै पूर्वी मधेशको राजधानी कायम हुनसक्ने भएको बताउँदै चौधरीले मधेशमा तीन प्रदेश कायम गर्न अन्य पक्षहरुबाट पनि लबिङ भइरहेको बताउनुभयो । विराटनगर वा जनकपुरले प्रादेशिक राजधानीका लागि दबाब दिने तर राजविराजले त्यसका लागि माग पनि नगर्ने भन्ने कुरा कतै उल्लेख नभएको भन्दै उहाँले ऐतिहासिक, धार्मिक हरेक आधारमा यस क्षेत्रलाई प्रादेशिक राजधानी कायम गर्न सकिने बताउनुभयो ।
आफूले संविधानसभा चुनावदेखि नै राजविराजलाई प्रादेशिक राजधानी बनाउन जनमत तयार गर्दै आएको बताउँदै उहाँले अन्य पार्टीले यसबारे नबोल्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
नगर समितिका संयोजक संतोस कुमार चौधरीको अध्यक्षतामा भएको बैठकमा नगर सचिव राम कुमार देव, बैठकमा पार्टीका केन्द्रीय सदस्य चन्देश्वर सिंह, सगरमाथा अंचल संयोजक लछन यादवले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ