News Category 2071/07/15
“राजविराजलाई मधेशको प्रादेशिक राजधानी बनाउन सकिने”
दैनिक संवाददाता
राजविराज, १४ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय सचिवालय सदस्य मदन मोहन चौधरीले राजविराज नगरलाई पूर्वी मधेशको प्रादेशिक राजधानी बनाउन सकिने बताउनु भएको छ ।
नगर सम्मेलन तयारी समितिको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता चौधरीले आफ्नो पार्टीले मुलुकलाई नौ संघीय प्रदेश तथा त्यसमध्ये तराई÷मधेशमा तीनवटा प्रदेश गठन गर्न सुझाव दिएको उल्लेख गर्नुभयो ।
यसरी प्रदेश विभाजन हुँदा भौगोलिक आधारमा राजविराज नै पूर्वी मधेशको राजधानी कायम हुनसक्ने भएको बताउँदै चौधरीले मधेशमा तीन प्रदेश कायम गर्न अन्य पक्षहरुबाट पनि लबिङ भइरहेको बताउनुभयो । विराटनगर वा जनकपुरले प्रादेशिक राजधानीका लागि दबाब दिने तर राजविराजले त्यसका लागि माग पनि नगर्ने भन्ने कुरा कतै उल्लेख नभएको भन्दै उहाँले ऐतिहासिक, धार्मिक हरेक आधारमा यस क्षेत्रलाई प्रादेशिक राजधानी कायम गर्न सकिने बताउनुभयो ।
आफूले संविधानसभा चुनावदेखि नै राजविराजलाई प्रादेशिक राजधानी बनाउन जनमत तयार गर्दै आएको बताउँदै उहाँले अन्य पार्टीले यसबारे नबोल्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
नगर समितिका संयोजक संतोस कुमार चौधरीको अध्यक्षतामा भएको बैठकमा नगर सचिव राम कुमार देव, बैठकमा पार्टीका केन्द्रीय सदस्य चन्देश्वर सिंह, सगरमाथा अंचल संयोजक लछन यादवले बोल्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ