News Category 2079/06/14
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धुनषा क्षेत्र नं. ३ बाट निर्वाचन नलड्ने भएका छन् ।
आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता महतो आफ्नो गृह जिल्ला सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमालेले धनुषा छाड्न नमानेपछि वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका हुन् । यसअघि धनुषा ३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।
उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले हालसम्म पनि धनुषा ३ कै लागि प्रयास गरिरहेका बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली सो क्षेत्रका लागि अडान लिएकाले नमाने सर्लाही २ बाट उनी चुनाव लड्ने बताए ।
सर्लाही २ मा यसअघि तत्कालीन राजपाबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए । यादव अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा सक्रिय छन् । आगामी चुनावमा उनी पाँचदलीय गठबन्धनबाट त्यहाँ चुनाव लड्ने सम्भावना छ । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिँदैछ ।
२०७० को संविधानसभा चुनावमा नेता महतोले महेन्द्र राय यादवसँग चुनाव हारेका थिए । यसपाली पुनः २ जनाबीच टक्कर हुने देखिएको छ । नेता महतो लोसपा–एमाले गठबन्धनबाट चुनाव लड्ने सम्भावना देखिएको छ । एमालेसँग गठबन्धन गर्नका लागि लोसपाले तीन दिनदेखि वार्ता गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ