News Category 2079/06/14
लोसपाका वरिष्ठ नेता महतो गृहजिल्ला सर्लाहीबाट चुनाव लड्ने

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धुनषा क्षेत्र नं. ३ बाट निर्वाचन नलड्ने भएका छन् ।
आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता महतो आफ्नो गृह जिल्ला सर्लाही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् ।
नेकपा एमालेले धनुषा छाड्न नमानेपछि वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही फर्किने भएका हुन् । यसअघि धनुषा ३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतो यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि बाध्य भएर राजेन्द्र महतो सर्लाही फर्केका हुन् ।
उनी सर्लाही–२ बाट चुनाव लड्ने लगभग पक्का भएको छ । लोसपाका नेता अनिल महासेठले हालसम्म पनि धनुषा ३ कै लागि प्रयास गरिरहेका बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओली सो क्षेत्रका लागि अडान लिएकाले नमाने सर्लाही २ बाट उनी चुनाव लड्ने बताए ।
सर्लाही २ मा यसअघि तत्कालीन राजपाबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए । यादव अहिले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा सक्रिय छन् । आगामी चुनावमा उनी पाँचदलीय गठबन्धनबाट त्यहाँ चुनाव लड्ने सम्भावना छ । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिँदैछ ।
२०७० को संविधानसभा चुनावमा नेता महतोले महेन्द्र राय यादवसँग चुनाव हारेका थिए । यसपाली पुनः २ जनाबीच टक्कर हुने देखिएको छ । नेता महतो लोसपा–एमाले गठबन्धनबाट चुनाव लड्ने सम्भावना देखिएको छ । एमालेसँग गठबन्धन गर्नका लागि लोसपाले तीन दिनदेखि वार्ता गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ