News Category 2079/06/22
राजदेबी राईजिंगद्वारा मैत्रीपुर्ण क्रिकेटको आयोजना गरी मित्रमिलन मनायो
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
वडादशैको अवसरमा प्रत्येक बर्ष झै यस बर्ष पनि राजदेबी राईजिँग क्रिकेट क्लवले १२ औ बर्ष देखि निरन्तर मैत्रीपुर्ण खेलको आयोजना गरी मनाउँदै आएको छ ।
शनिवार राजबिराज वडा २ स्थित सप्तरीको पुरानो उत्कृष्ट क्लवहरू मध्ये राजदेबी राईजिंग कल्वले बि.स २०६७ सालदेखि निरन्तर क्लवसँग आबध पुरानो खेलाडीहरू बिच मैत्रीपुर्ण क्रिकेट खेलको आयोजना गर्दै आएको छ ।
क्लवका साथीहरू बिच प्रत्येक बर्ष बडादशैको अवसरमा पुरानो क्रिकेट खेलाडीहरू बिच मित्रमिलनसँगै एक अर्कासँग शुभकामना आदानप्रदानका लागि कार्यक्रम गर्दै आएको राजदेबी राईजिंग क्रिकेट क्लवका सचिव आयुष श्रेष्ठले बताएका छन् ।
राजबिराजको राजदेबी माबि खेलमैदानमा राजदेबी (ब्लु) टिम राजदेबी (एलो) टिम बिच भएको मैत्रीपुर्ण खेलमा टिम एलोले ब्लुलाई ७ रनले पराजित गरेको छ ।
टस जितेर टिम ब्लुले निर्धारित १५ ओभरको खेलमा सबै बिकेट गुमाई ५९ रनको योगफल खडा गरेका थिए । जवाफमा टिम एलोले १५ ओभरमा ९ बिकेट गुमाई ५२ रन मात्र बनाएपछि एलो टिमको जित हात पारेको हो ।
मैत्रीपुर्ण खेलमा राजदेबी एलो टिम तर्फ आयुष श्रेष्ठ, चन्दनकुमार यादब, अरूण यादब ( राबिनपा २ वडा अध्यक्ष) बैजु देव, गोबिन्द यादब, मुकेश झा, खेलानन्द यादब, पंकज झा, राजेन्द्र साह रहेका थिए ।
त्यस्तै राजदेबी राईजिंग क्रिकेट क्लव (ब्लु) टिममा जगरनाथ साह, कमानन्द यादब, राजेश झा, श्यामु राय, बिनोद रजक, सन्दिप देव, शिवकान्त देव, नितियानन्द यादब, देवेश चौधरी रहेका छन ।
उक्त अवसरमा राजदेबी टिमका पुरानो खेलाडीहरू बिच वडादशै, शुभदिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गरी १२ बर्ष देखि साथीहरू बिच मित्रमिलान कार्यक्रम गरी मनाईएको क्लवका अध्यक्ष चन्दनकुमार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ