News Category 2071/07/17
सवारी चालक तथा सहचालकहरुको निःशुल्क स्वास्थ्य परिक्षण
दैनिक संवाददाता
राजविराज, १६ कात्तिक ।
बढदो सवारी दुर्घटना न्युनिकरणका लागि सप्तरीका चालक र सहचालकहरुलाई निःशुल्क स्वास्थ्य शिबिर आईतबार राजविराजमा संचालन गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथको आयोजना तथा युनिक कलेज अफ मेडिकल साईन्स एण्ड हस्पिटलको प्रायोजनमा आयोजित सो स्वास्थ्य शिबिरमा जिल्लामा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि यहाँका विभिन्न सवारी चालक र सहचालकहरु सँगै सम्बन्धित निकाय जागरुक बन्नुपर्नेमा जोड दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका प्रहरी निरीक्षक बिदुर थापाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मजदुर संघका अध्यक्ष धिरु बर्मा, युनिक हस्पिटलका प्रशासन प्रमुख बब्लु ठाकुर लगायतका बक्ताहरुले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सोही अवसरमा युनिक हस्पिटलका चिकित्सकले विभिन्न सवारीसाधनका चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ