News Category 2079/07/02
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
राजविराजमा संचालित पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर क्रिकेट छनोट खेलमा बुधबार सम्पन्न खेलमा रोहन बिकको उत्कृष्ट प्रर्दशनले सप्तरी बिजयी भएको छ । त्यस्तै अर्को खेलमा सिरहाले दोस्रो जित हात पारेको छ ।
सप्तरी क्रिकेट संघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोत्तरीलाई ५ बिकेटले हराउदै आफनो जितलाई निरन्तरता दिएको हो ।
स्थानिय पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमान्सु दत्त ३० रन र हरिशंकर साहले २० जोडे । बलिङ्ग तर्फ सप्तरीका अभिशेषक कार्की र पप्पु यादब ३÷३ बिकेट तथा रोहित, बिकास दास र अजय यादबले समान्य १÷१ बिकेट हात पारे ।
जवाफमा सप्तरीले ४० ओभर ३ बल खेल्दै ८ बिकेट गुमाई बिजय हात पारेका थिए । टिमका लागि रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ४ छक्का र ११ चौकाको मदतले ७८ रन बनाएपछि जितका लागि सहज भएको थियो । त्यस्तै राहुल मण्डल २३, अभिषेक कार्की १७, पप्पु यादब १५ र बिकास दासले १० रन बनाउदै अबिजित रहेपछि टिमका लागि जित सुनिश्चित भएको थियो ।
यता बलिंग तर्फ धनुषाका दिब्यान्सु मलिकले सर्वाधिक ४ बिकेट, बिक्रान्त यादब २ र आकाश राय तथा रूपेश यादबले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भए ।
यसैगरी सिरहा र महोत्तरी बिच भएको दोस्रो खेलमा टस जितेर महोतरीले ३३ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेका थिए । जसमा अभिषेक तिवाडी १५, सुकेश यादब १४ श्याम मण्डल र मुरारी ठाकुर १२÷१२ रन बनाएका थिए । बलिंग तर्फ सिरहाका रूपेश सिँह र प्रदिप पासवान २÷२ बिकेट अफरूदिन रायन २ तथा मनोज यादब र तारपेशर मुखियाले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सिरहाले ३२ ओभर १ बलमा ५बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा रूपेश सिँहले अविजित ३८ रन, शैलेन्द्र साह ३३ रन जोडेपछि जित सहज भएको थियो । बलिंग तर्फ महोतरीका रमेश सहनी र नवीन यादब २÷२ बिकेट र बिनेष सहनीले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सिरहाका रूपेश सिँह घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ