News Category 2079/07/02
रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय
दैनिक समाचारदाता
राजविराज, २ कात्तिक ।
राजविराजमा संचालित पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर क्रिकेट छनोट खेलमा बुधबार सम्पन्न खेलमा रोहन बिकको उत्कृष्ट प्रर्दशनले सप्तरी बिजयी भएको छ । त्यस्तै अर्को खेलमा सिरहाले दोस्रो जित हात पारेको छ ।
सप्तरी क्रिकेट संघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोत्तरीलाई ५ बिकेटले हराउदै आफनो जितलाई निरन्तरता दिएको हो ।
स्थानिय पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमान्सु दत्त ३० रन र हरिशंकर साहले २० जोडे । बलिङ्ग तर्फ सप्तरीका अभिशेषक कार्की र पप्पु यादब ३÷३ बिकेट तथा रोहित, बिकास दास र अजय यादबले समान्य १÷१ बिकेट हात पारे ।
जवाफमा सप्तरीले ४० ओभर ३ बल खेल्दै ८ बिकेट गुमाई बिजय हात पारेका थिए । टिमका लागि रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ४ छक्का र ११ चौकाको मदतले ७८ रन बनाएपछि जितका लागि सहज भएको थियो । त्यस्तै राहुल मण्डल २३, अभिषेक कार्की १७, पप्पु यादब १५ र बिकास दासले १० रन बनाउदै अबिजित रहेपछि टिमका लागि जित सुनिश्चित भएको थियो ।
यता बलिंग तर्फ धनुषाका दिब्यान्सु मलिकले सर्वाधिक ४ बिकेट, बिक्रान्त यादब २ र आकाश राय तथा रूपेश यादबले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भए ।
यसैगरी सिरहा र महोत्तरी बिच भएको दोस्रो खेलमा टस जितेर महोतरीले ३३ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेका थिए । जसमा अभिषेक तिवाडी १५, सुकेश यादब १४ श्याम मण्डल र मुरारी ठाकुर १२÷१२ रन बनाएका थिए । बलिंग तर्फ सिरहाका रूपेश सिँह र प्रदिप पासवान २÷२ बिकेट अफरूदिन रायन २ तथा मनोज यादब र तारपेशर मुखियाले १÷१ बिकेट लिएका थिए ।
जवाफमा सिरहाले ३२ ओभर १ बलमा ५बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा रूपेश सिँहले अविजित ३८ रन, शैलेन्द्र साह ३३ रन जोडेपछि जित सहज भएको थियो । बलिंग तर्फ महोतरीका रमेश सहनी र नवीन यादब २÷२ बिकेट र बिनेष सहनीले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सिरहाका रूपेश सिँह घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ