News Category 2071/07/20
नेसपाद्धारा संसद सहितको मधेश प्रदेशका लागि मधेश जनआन्दोलनको घोषणा
शुभ नारायण यादव
राजविराज, १९ कात्तिक ।
नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीले संसद सहितको मधेश प्रदेशका लागि मधेश जनाआन्दोलनको घोषणा गर्नुभएको छ ।
नेपाल सद्भावना पार्टीद्धारा बुधबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित मधेश जनआन्दोलन घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष गिरीले सो घोषणा गर्नुभएको हो ।
उहाँले मधेशमा बसोबास गर्ने समस्त जनसमुदायसँग यस आन्दोलनमा सहभागि भई यसलाई सफल तुल्याउन आह्वान समेत गर्नुभएको छ । अध्यक्ष गिरीले नेपाल सद्भावना पार्टीको मधेश जनआन्दोलन अहिंसक हुने बताउँदै यो आन्दोलन असहयोग र अवज्ञाको सिमा सम्म जाने जिकिर गर्नुभयो ।
उहाँले मधेश जनआन्दोलनको पहिलो चरणको कार्यक्रम अनुसार मंसीर ५ गतेका दिन मधेशका सम्पुर्ण जिल्लाहरुमा आप्mनो संसद सहितको समग्र मधेश एक प्रदेश तथा मधेशका ग्रामिण भेगबाट सशस्त्र प्रहरी बलको कैम्प हटाउने माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाई धर्ना दिईने जानकारी दिनुभयो ।
संविधानद्वारा सुनिश्चित अभिब्यक्तिको स्वतन्त्रताको विरुद्ध मधेशी अभियानकर्ता तथा बृद्धिजिवी डा.सिके राउतको सरकारद्वारा गरिएको गिरप्mतारीको पार्टी विरोध गर्दै सरकारसँग सबैको अभिब्यक्तिको अधिकारको सुरक्षा गर्न जोडदार माँग गर्नुभएको छ ।
अध्यक्ष गिरीले मधेशको राजनीतिक, आर्थिक तथा सामाजिक समस्याको समाधानका लागि आप्mनै संसद सहितको समग्र मधेश एक प्रदेश स्थापनाको माँग गर्नुभएको छ ।
मधेशमा मधेश संसद मार्फत नै स्वराज र सुराज स्थापना हुने नेपाल सद्भावना पार्टीको निष्कर्ष रहेको बताउनुभयो ।
अध्यक्ष गिरीले सत्ताधारी काग्रेस, एमाले लगायतका दलहरुद्वारा अघि सारिएको संघिय संरचनाको प्रस्ताव संघियताको आधारभुत मुल्य मान्यता एवं सिद्धान्त विपरीत रहेको जनाउँदै यी प्रस्तावित निकाय स्थापित भएमा नेपालमा राजनीतिक संघीयता लागु नभई प्रशासनिक संघीयता लागु हुने तथा हाल कायम रहेको केन्द्रिकृत सत्ता अझ शक्तिशाली हुने बताउँनुभयो ।
उहाँले नेपाल सद्भावना पार्टी जातीय संघीयताको विरुद्ध रहेको जनाउँदै क्षेत्रिय, भौगोलिक तथा ऐतिहासिक आधारमा संघीय संरचनाको निमार्ण हुनुपर्ने जोडदार माँग समेत गर्नुभयो ।
नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादवको अध्यक्षतामा आयोजित सो सभामा पार्टीका केन्द्रिय महासचिवद्वय जगदिश अधिकारी, श्रीमण नारायण मिश्र, जयचन्द्र गोईत, पार्टीका केन्द्रिय सदस्यद्वय अशोक सिंह, पुरुषोत्तम झा, ध्यानी मण्डल, किसान मंचका केन्द्रिय अध्यक्ष दशरथ यादव लगायतका बक्ताहरुले संसद सहितको मधेश प्रदेशको माँग गर्नुभएको छ ।
यसअघि नेपाल सद्भावना पार्टी राष्ट्रिय कार्य समितिको तीन दिन सम्म सप्तरीको राजविराजमा सम्पन्न बिस्तारित बैठकले विभिन्न आठ बुँदे घोषणा पत्र तथा ६ बुँदे अनुमोदित राजनीतिक प्रस्ताव सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ