News Category 2079/07/19
मधेस प्रदेशको लगातार दोस्रो जित
काठमाडौं÷लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गर्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार मुलपानी क्रिकेट मैदानमा प्राप्त दोस्रो जितसँगै मधेसको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
मधेस प्रदेशले प्रस्तुत गरेको दुई सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनमा समेटिएको थियो ।
लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए । यसैगरि कृष्ण कार्कीले ३१, अनिल खरेलले २२, सन्दीप रजालीले २३ रनको योगदान गरेका थिए । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।
बलिङतर्फ मधेसका राजेश यादव र प्रदिप पासवानले सामान तीन अंक लिए । यसैगरी हरिशंकर शाहले दुई विकेट हात पारे ।
यस अघि टस हारेर ब्याटिङ गरेका मधेसले तीन खेलाडीको अर्धसतक मद्धतमा ४८.४ ओभरमा सवै विकेट गुमाउँदै दुई सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्कीले ६० बलमा पाँच चौका र तीन छक्का मदतमा ५० रन बनाए ।
प्लेअर अफ दि म्याच तथा कप्तान हरिशंकर शाहले ९० बलमा ७६ रन बनाए । अनिल शाहले ५० रनको योगदान गरे । मघेसले बलियो सुरुवात गर्दै पहिलो विकेटको लागि एक सय ३० रनको साझेदारी गरेको थियो ।
लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक तीन विकेट लिए । यसैगरी अनिल खरेलले दुई विकेट हात पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ