News Category 2071/07/22
विभिन्न बहानामा संचारमाध्यमलाई अंकुश लगाउने काम भइरहेको छ ः प्रकाशक÷सम्पादक
दैनिक संवाददाता
राजविराज, २१ कात्तिक ।
मोफसलका पत्रकारहरु विभिन्न समस्याबाट गुज्रिरहेको अवस्थामा प्रेस काउन्सिल नेपालले सप्तरीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुलाई विभिन्न अंकुश लगाई थप मर्कामा पार्न खोजिएको एक कार्यक्रममा सम्पादक प्रकाशकहरुले आरोप लगाएका छन् ।
पत्रपत्रकिा वर्गिकरण तथा पत्रकार आचार सहिता अनुगमन समितिद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रपत्रिकाको वर्तमान अवस्था र श्रमजिवि पत्रकार समस्या विषयक सम्पादक, प्रकाशक र एफएम संचालकहरुको संयुक्त बैठकमा सो आरोप लगाइएको छ ।
विभिन्न पत्रपत्रिकाका सम्पादक प्रकाशक तथा एफएमका संचालकहरुले वर्गिकरण र आचार सहिताको बहानामा मोफसलका पत्रपत्रिकाहरुलाई विभिन्न नियम उपनियम लगाई काउन्सिलले संचारमाध्यम तथा संचालकलाई दुःख दिने काम मात्र गरिरहेको बताएका छन् ।
मोफसलबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र एफएमहरु कहिले लोडसेडिङ, कहिले जनशक्ति, आर्थिक लगायतकाको अवस्थाबाट गुज्रिरहेको बेला समयमै प्रकाशित गर्न संचालन गर्न अत्यन्त कठिनाई भइरहेको जानकारी दिइएको छ ।
सोही अवसरमा नेपाल प्रेस काउन्सिलबाट दिइने लोक कल्याणकारि विज्ञापन वापतको भुक्तानी जिल्ला हुलाक कार्यालय मार्फत उपलब्ध गराउने निर्णय गराउनका साथै सो रकम उपलब्ध नगराइए जिल्लास्तरिय अनुगमन समिति खारेजी हुनु पर्ने निर्णय समेत बैठकमा गरिएको छ ।
नेपाल प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित तथा अनुगमन समितिका संयोजक जिल्ला बार एशोसिएसनका अध्यक्ष कृपानन्द यादवको अध्यक्षतामा आयोजित बैठकमा जिल्लास्थित अनुगमन समितिका सदस्य सचिव दक्षनारायण श्रेष्ठ, सदस्यहरु नेपाल पत्रकार महासंघ सप्तरीको अध्यक्ष प्रकाश खतिवडा, जिल्ला प्रशासन कार्यालय अधिकृत चिरन्जिवि भटराई र उद्योग बाणिज्य संघका उपाध्यक्ष शंकर दासको उपस्थिति रहेको थियो ।
सो अवसरमा जिल्लाका विभिन्न पत्रपत्रिकाका सम्पादक तथा प्रकाशक र एफएमका संचालकहरुले संचारमाध्यम चलाउन भइरहेको कठिनाईहरु बारे अवगत गराएका थिए ।
जिल्लाबाट प्रकाशित १४ वटा दैनिक, ३७ वटा साप्ताहिक र ७ वटा एफएमको अनुगमन गर्न र त्यसको समस्या बुझ्न जिल्लास्थित अनुगमन समितिले अनुगमन गर्ने र सोही अनुसार प्रेस काउन्सिलमा आफ्नो प्रतिवेदन बुझाउने कार्य गर्ने अधिकार रहेको अनुगमन समितिका संयोजक जिल्ला बार एशोसिएसनका अध्यक्ष कृपानन्द यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ