News Category 2071/07/24
बर्षाैदेखि जिर्ण सडकका कारण सर्वसाधारणहरुलाई आवत जावतमा समस्या
शुभ नारायण यादव
राजविराज, २३ कात्तिक ।
सप्तरीको राजविराज कुनौली सडक खण्डको करिब दुई किलोमिटर सडक निमार्ण नहुदाँ त्यस भेगका स्थानीयबासीहरुलाई आवत जावतमा समस्या भईरहेको छ ।
समान्य बर्षामा पनि हिलोमय हुने सो सडक खण्डको तिलाठीदेखि कुनौली बोर्डरसम्म अर्थात करिब दुई किलो मिटर सम्मको सडक बर्षौदेखि जिर्ण हुदाँ त्यस भेगका विभिन्न गाविसका सयौ सर्वसाधारणहरुलाई दिनहुँ सदरमुकाम राजविराज तथा छिमेकी भारत जानमा समस्या भईरहेका छन ।
सप्तरी सदरमुकाम राजविराजदेखि करिब १२ कलिोमिटर दक्षिणमा अवस्थित लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया लगायत छिमेकी मुलुक भारतका सयौं स्थानीयबासीहरुलाई दिनहुँ सदरमुकाम राजविराज तथा भारतको विभिन्न स्थान आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ ।
सो सडक मर्मत सम्भार हुन नसकेका कारण समान्य वर्षा हुदाँ पनि सदरमुकाम राजविराज आउन त्यस भेगका स्थानीयबासीहरुलाई २५ किलोमिटर टाढा हनुमाननगर भएर आउँनुपरेको रम्पुरा मल्हनिया गाविस ४ का उमेश कुमार यादवले बताउनुभयो ।
बर्षौदेखि सो सडक जिर्ण हुदाँ त्यस भेगका स्थानीयबासीका साथै उक्त सडक भएर दिनहुँ आवत जावत गर्ने करिब एक दर्जन टेम्पोलाई सदरमुकाम राजविराज आवत जावतमा समस्या उत्पन्न हुने गरेको टेम्पो चालकहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ