News Category 2070/03/22
दुर्घटनामा ११ जना घाइते
दैनिक संवाददाता
राजविराज, २१ असार ।
सप्तरीको विभिन्न स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भंगहा ३ मा शुक्रबार बिहान म्याजिक भ्यानलाई टूयाक्टरले ठक्कर दिँदा १० जना घाइते भएका छन् ।
पश्चिमवाट पूर्व तर्फ जादै गरेको ना.१ ज. ३५८९ नं. म्यजिक भ्यानलाई सोही दिशाबाट जादै गरेको स.१ त. ३२८९ नं. टूयाक्टरले पछाडिवाट ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सप्तरी हरीपुर ३ निवासी २६ वर्षिय कुलानन्द चौधरी, २५ वर्षिया भुलन्ती चौधरी, ३५ वर्षिया फुलोदेवी चौधरी, ३७ वर्षिया सुमित्रा देवी चौधरी, १९ वर्षिया पार्वती चौधरी, ६५ वर्षिया भुतनिय चौधरी, २० वर्षिय विर बहादुर चौधरी, १४ वर्षिय संतोष चौधरी, ३८ वर्षिय विपै चौधरी र २ वर्षिय प्रभात चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको रायपुरस्थित युनिक अस्पताल उपचार भइरहेको छ । यता तथा दुवै गाडी प्रहरी नियन्त्रण तथा चालको खोजतलाश भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै शुक्रबारै सप्तरी कल्याणपुर २ स्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री गम्भिर घाइते भएका छन् ।
स.१ प. २५५२ नं. को मोटरसाइकलले जिल्लाको ईनरुवा फुलवरीया गाविस ९ निवासी २५ वर्षिय हसरद मियाँलाई ठक्कर दिदा घाइते भएका हुन् ।
घाइते मियाँलाई उपचारका लागि बिराटनगरस्थित न्युरो अस्पताल पठाइएको छ भने ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकोले खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ