News Category 2071/07/26
२००७ सालकै संविधान उत्तम ः राजनीतिज्ञ मण्डल
दैनिक संवाददाता
राजविराज, २५ कात्तिक ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले बि.स. २००७ सालको संविधान नै उत्तम संविधान रहेको बताउनु भएको छ ।
मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पूर्वराजा त्रिभुवनले बि.स. २००७ सालमा ल्याएको संविधान नै अहिलेसम्मकै उत्तम संविधान भएको जिकिर गर्नुभयो ।
२००७ साल कात्तिक २६ गते क्रान्तिको दिन १ सय ४ वर्षको राणा शाहीकालको समाप्त भएको दिनलाई स्मरण गर्दै उहाँले सोही वर्ष राजा त्रिभुवनले संविधानमा गणतान्त्रिक व्यवस्था स्विकार गर्ने लेखेको अनुरुप अहिले गणतन्त्र आएको स्पष्ट पार्नुभयो ।
सोही पत्रकार सम्मेलनमा राजनीतिज्ञ मण्डलले नेपाली जनता द्वन्द्वको चपेटमा पुनः पुग्न सक्ने भन्दै जनता मुकदर्शक नभई अग्रसर भएर समयमै संविधान निर्माण गराउन दबाब दिन सबैलाई आग्रह समेत गर्नुभयो ।
मुलुकको विकासका लागि संघीयतामा जानुपर्ने बताउँदै मण्डलले मुलुकलाई अराजकता दिशातर्फ नलगी बन्दी नबनाउन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्नुभयो । संचारकर्मीहरुको जिज्ञासामा मण्डलले राष्ट्रको विकासको पक्षमा आफु तयार रहेको बताउँदै शक्तिको बलमा मुलुकमा संविधान आएमा मुलुकमा गृहयुद्ध अथवा बिखण्डन हुने विश्वास ब्यक्त गर्नुभयो ।
मुलुक अहिले दयनिय अवस्थामा रहेको दावी गर्दै उहाँले निकट भविष्यमा काग्रेस एमाले मिलेर कमल थापासँग मिलि सरकार बनाउने दाउमा रहेको स्पष्ट पार्नुभयो ।
काग्रेस एमालेले विगतको भविष्यबाट ठुलो पाठ सिक्नुपर्नेमा जोड दिदै मण्डलले मुलुकमा ५ प्रदेश हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मधेशमा २ र पहाडमा ३ गरी ५ प्रदेश हुनुपर्ने जिकिर समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गमा मण्डलले आफु दलको भन्दा बाहिर रहेको तथा संविधान नबन्ने सम्म आफु कुनै पनि दलमा समाहित नभई राजनीतिकबाट सन्यास लिइएको बताउँनुभयो ।
डा. सिके राउत स्वतन्त्र रहेको तथा राउतको अभिब्यक्तिको पक्षमा आफु पनि नरहेको जिकिर गर्नुहुदै उहाँले सरकारले डा.सिके राउतलाई पक्राउ गरी ठुलो गल्ती गरेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ