News Category 2071/07/28
कुटपिट गरि घरनिकाला गर्ने पतिविरुद्ध उजुरी तीन वर्षीया छोरीसहित गर्भवती महिला सेफ हाउसमा
दैनिक संवाददाता
राजविराज, २७ कात्तिक ।
कुटपिट गरी घरनिकाला गर्ने पतिविरुद्ध एक पीडित महिलाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएकी छिन ।
सप्तरीको नकटी रायपुर गाविस–८ की २५ वर्षीया इन्द्रादेवी यादवलाई पति ३५ वर्षीय सुविलाल यादवले कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी हुन् ।
आरोपित पति र सासू ६० वर्षीया गङगीयादेवी यादवले कुटपिट गरी घरनिकाला गरेकोले आवश्यक कारबाही र घाउँजाँचका लागि पीडितले उजुरी दिएको बताइन् ।
कुटपिटबाट घाइते पीडितको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको थियो । घरनिकाला पछि तीन वर्षीया छोरीसहित सात महिनाकी गर्भवती पीडितले राजविराजस्थित सेफ हाउसमा आश्रय लिएकी छन् ।
आरोपितको जेठी पत्नी ३० वर्षीया बिमलादेवी यादवतर्फ शल्यक्रिया गरी दुई छोरीमात्र भएपछि घरपरिवारका सदस्यहरुले नै बिमलाकी बहिनी पीडित इन्द्रादेवीको गत्त २०६७ साल जेठ १९ गते भिनाजुसँग विवाह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ