News Category 2079/09/09
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो
राजविराज÷सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी पिसल्यान्डले जितेको छ ।
शनिवार सम्पन्न फाईनल खेलमा पिसल्यान्डले लिटिल एन्जेल स्कुललाई पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर पिसल्यान्ड निर्धारित २० ओभरमा ६ बिकेट गुमाएर १ सय ३८ रनको योगफल खडा गरेको थियो । जसमा बरूणदेव गामीले बिष्फोटक ब्याटिंग गर्दै अर्थशतकिय पारी खेल्दै ५६ बलमा ४ छक्का र ४ चौकाको मद्दतले ६८ रन बनाए । यस्तै प्रदिप दासले २७ रनको योगदान दिए ।
बलिङतर्फ लिटिल एन्जेलका करण बहादुर बिक र भिम यादब समान २÷२ बिकेट तथा महेन्द्र मण्डल÷गोपाल मण्डलले १÷१ बिकेट लिएका थिए ।
जवाफमा लिटिल एन्जेल स्कुलले १ सय ३८ रनको लक्ष्य पछयाउने क्रममा १९ दशमलब ३ बलमा सबै बिकेट गुमाई १ सय १९ रनमात्र बनाउन सके । जसमा जेम्स बिकले सर्वाधिक ४३ रन बनाउदै अविजित रहे भने भिम यादब २० रन र गोपाल मण्डल १७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
बलिङतर्फ पिसल्यान्डका शम्भु मण्डल÷प्रदिप दास, आरएन दास २÷२ बिकेट तथा बरूणदेव गामीले १ बिकेट हात पारे । फाइनल खेलको म्यान अफ दि फाईनल गामी नै घोषित भए ।
खेलको प्लेयर अफ दि सिरिज विशाल यादब, बेस्ट ब्याटस्म्यान बरूणदेव गामी, बेस्ट बलर गोपाल मण्डल र ईमेजिंग खेलाडी श्रवण गुप्ता घोषित भए ।
बिजेता तथा उपबिजेता टिमलाई नेपाल क्रिकेट फाउन्डेशनका निर्देशक अभिषेक कार्की, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष धर्मेन्द्र चौधरी, सचिव चन्दनकुमार यादब, क्रिकेट बिकास प्रतिष्ठानका अध्यक्ष ई ईन्द्र नारायण देव, प्रतियोगिता संयोजक अनवर अली, अम्पायर संघका अध्यक्ष निरज सिंह, प्रशिक्षक सारा बेग लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरे ।
सप्तरी क्रिकेट संघको आयोजना तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा जिल्ला स्तरिय अन्तरबिधालय एकदिवसिय क्रिकेट प्रतियोगिता पुस २ गते देखि ९ गते सम्म संचालन भएको थियो । उक्त प्रतियोगितामा जिल्लाभरका ८ वटा बिधालयहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ