News Category 2079/09/10
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय

दैनिक समाचारदाता
राजविराज, १० पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पिसल्यान्डले लिटिल एन्जेललाई १४ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ । आईतवार स्थानिय पबिमाबिको खेलमैदानमा राजबिराज वडा ६ का वडा अध्यक्ष शशी चौधरीले ब्याटिङ र वडा ५ का अध्यक्ष बन्धु दासले बलिङ गर्दै खेलको उदघाटन गरे ।
उदघाटन खेलमा टस जितेर पिसल्यान्डले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई १ सय ३२ रनको योगफल खडा गरेको थियो । जसमा बरूणदेव गामी अर्थशतकिय पारी खेल्दै ६२ रन जोडेका थिए भने श्यामबाबु मण्डल १३ रन बनाएका थिए । बलिङतर्फ लिटिल एन्जेलका साहेल आलम, शिव दास, गोपाल मण्डल, भिम यादब र कर्ण बहादुर बिक १÷१ बिकेट हात पारेका थिए ।
प्रतिउतरमा लिटिल एन्जेलले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय १८ रनमै सिमित रहयो । जसमा प्रियान्सु कर्ण २९, श्रवण मुखिया २५, कर्ण बहादुर बिकले १७ रन बनाएका थिए । बलिङतर्फ पिसल्यान्डका शनि यादब ३, प्रदिप दास २ र आर्यन दासले १ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच बरूणदेव गामी घोषित भए ।
यसअघि क्रिकेट प्रतिष्ठानका अध्यक्ष ई ईन्द्रनारायण देवको अध्यक्षतामा संचालित प्रतियोगिता डब्बल राउन्ड रोबिनको आधारमा खेलाईने बताईएको छ । गत पुस २ गते देखि ९ गते सम्म सप्तरी क्रिकेट संघद्वारा संचालित अन्तर बिधालय क्रिकेट प्रतियोगिताको बिजेता, उपबिजेता र सहभागी ६ टिम मध्ये एकवटा टिम बनाई प्रतिष्ठानको टिम हुने गरी ३ वटा टिम बिच डब्बल राउन्ड रोबिनको आधारमा खेलाईने आयोजक समितिका सन्तोष यादबले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ