News Category 2071/07/28
गाविस सचिवहरुको आन्दोलन प्रति निजामती कर्मचारीको ऐक्यवद्धता
दैनिक संवाददाता राजविराज, २७ कात्तिक । गाविस सचिव नन्दी यादवलाई पक्राउ गरेको बिरोधमा आन्दोलनरत गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालको आन्दोलन प्रति नेपाल निजामती कर्मचारी संघ केन्द्रिय कार्य समतिले ऐक्यवद्धता जनाएको छ । नेपाल निजामती कर्मचारी संघका महासचिव शरद कुमार अधिकारीले एक विज्ञप्ती प्रकाशन ऐक्यवद्धता जनाएका हुन । पछिल्लो पटक जिल्ला विकास समिति सप्तरी अन्तर्गत सिम्रहा सिग्यौन गाविस सचिव नन्दी यादवलाई बिना कारण थुनामा राखिएको, रोल्पा जिल्लाको राँक गाविसका तत्कालिन गाविस सचिव खडक बहादुर घर्तीको मुद्दा फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालय र गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालबीच च.न.५१७ मिति २०७० जेष्ठ १४ गते भएको सहमति लगायतका अन्य सहमति समेत हाल सम्म कार्यान्वयन नभएको विषयप्रति संघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ । त्यस्तै हस्ताक्षरित विज्ञप्तीमा २०५९ साल देखि हालसम्म नेपाल सरकारले तोकिदिएका थप कार्यहरु गर्दै देशको संक्रमणकालीन अवस्थामा गाविस सचिवहरुले जनप्रतिनिधीमुलक संस्थाको रिक्तता पुर्ती गरिरहेको अवस्थामा गाविस सचिवहरुलाई कार्बाही गर्नुपर्ने भए निजामती सेवा ऐन र नियमावली अनुसार गर्नुपर्नेमा एनेको प्रावधान विपरीत गरिएका सम्पुर्ण कार्बाहीहरु, निजहरु उपर लगाइएका झुठा मुद्धाहरु अबिलमब फिर्ता लिन नेपाल सरकार, गृह मन्त्रलयसँग अपिल गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ