News Category 2079/09/13
लिटिल एन्जेल बिजयी
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा राजविराजमा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारको खेलमा लिटिल एन्जेल स्कुल बिजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत चौथो खेलमा लिटिल एन्जेलले प्रतिष्ठान क्रिकेट टिमलाई ८ बिकेटले पराजित गरेको हो ।
टस जितेर क्रिकेट बिकास प्रतिष्ठानले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ५० रनको योगफल खडा गरेको थियो । जसमा विशाल यादबले सर्वाधिक ५८, रोहित यादब २८, सुमन चौधरी १७, अमन मण्डल १४ र किसन साहले १२ रन जोडेका थिए ।
बलिङतर्फ लिटिल एन्जेल स्कुलका नरेश कामैत २ बिकेट र गोपाल मण्डल÷शिव दास÷ निशान्त यादब १÷१ बिकेट हात पारेका थिए । प्रतिउतरमा लिटिल एन्जेल स्कुलले १४ ओभर ३ बलमा दुई बिकेट गुमाई बिजय हासिल गरेको थियो ।
जसमा कर्णबहादुर बिकले आक्रमक ब्याटिंग गर्दै २ छक्का र ७ चौकाको मदतले ६६ रन अविजित खेलेपछि जित सहज भएको हो । त्यस्तै टिमका लागि प्रियान्सु कर्ण २६ र निशान्त यादबले १२ रन अविजित खेलेका थिए ।
बलिङतर्फ प्रतिष्ठानका सुशान्त देव र सुमन चौधरी १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका कर्ण बहादुर बिक घोषित भएका थिए भने घोषित म्यान अफ दि म्याच बिकलाई अम्पायर संघका अध्यक्ष निरज सिंहले कप प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ