News Category 2071/07/29
प्रहरीले व्यापारीहरुलाई दुःख दिने गरेको आरोप
दैनिक संवाददाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले स्थानीय ब्यापारीहरुलाई दुःख दिने कार्य गरेकोमा सप्तरी उद्योग वाणिज्य संघले सो कार्यको भत्र्सना गरेको छ ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बिना कारण स्थानीय प्रहरीले ब्यापारीहरुको समान पक्राउ गरी यस्तो कार्य गर्दै आएको आरोप लगाउनुभयो ।
पछिल्लो पटक जिल्लाको नर्घो गाविस ६ निवासी देबराम यादवले ना. ४ ख २५६४ नम्बरको ट्रकमा १७ टन गहुँ ल्याउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालयले राजविराज नगरपालिका ७ स्थित दास पेट्रोल पम्प अगाडीबाट ट्रक रोकेर बिना कारण सबै आगजपत्र हुदाँ हुदै पनि नियन्त्रणमा राजविराज भन्सार कार्यालय बुझाएको आरोप लगाउनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रधानले यादवले कृष्णा खरिद विक्रि केन्द्र नर्घोमा सो गहुँ खरिद गरी बिक्रिको लागि भगवति फुड्स प्रालि मोरङ्ग हाथिपोडामा लगिदै गरेको अवस्थामा बिना कारण पक्राउ गरेको आरोप लगाउनुभयो । करिब ४ लाख ७६ हजार मुल्य बराबरको सो गहुँ र ट्रक सहित नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
बैध गहुँलाई अवैध रहेको छ भनि स्थानीय प्रहरी प्रशासनले व्यापारीहरुलाई दुःख दिने कार्य पटक पटक गर्दै आएकाले सो कार्यको भत्र्सना गर्दै अगामी दिनमा यस्तो कार्यलाई अबिलम्ब नरोकेमा प्रहरी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत पत्रकार सम्मेलनमा अध्यक्ष प्रधानले दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ