News Category 2071/07/29
प्रहरीले व्यापारीहरुलाई दुःख दिने गरेको आरोप
दैनिक संवाददाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले स्थानीय ब्यापारीहरुलाई दुःख दिने कार्य गरेकोमा सप्तरी उद्योग वाणिज्य संघले सो कार्यको भत्र्सना गरेको छ ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बिना कारण स्थानीय प्रहरीले ब्यापारीहरुको समान पक्राउ गरी यस्तो कार्य गर्दै आएको आरोप लगाउनुभयो ।
पछिल्लो पटक जिल्लाको नर्घो गाविस ६ निवासी देबराम यादवले ना. ४ ख २५६४ नम्बरको ट्रकमा १७ टन गहुँ ल्याउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालयले राजविराज नगरपालिका ७ स्थित दास पेट्रोल पम्प अगाडीबाट ट्रक रोकेर बिना कारण सबै आगजपत्र हुदाँ हुदै पनि नियन्त्रणमा राजविराज भन्सार कार्यालय बुझाएको आरोप लगाउनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रधानले यादवले कृष्णा खरिद विक्रि केन्द्र नर्घोमा सो गहुँ खरिद गरी बिक्रिको लागि भगवति फुड्स प्रालि मोरङ्ग हाथिपोडामा लगिदै गरेको अवस्थामा बिना कारण पक्राउ गरेको आरोप लगाउनुभयो । करिब ४ लाख ७६ हजार मुल्य बराबरको सो गहुँ र ट्रक सहित नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
बैध गहुँलाई अवैध रहेको छ भनि स्थानीय प्रहरी प्रशासनले व्यापारीहरुलाई दुःख दिने कार्य पटक पटक गर्दै आएकाले सो कार्यको भत्र्सना गर्दै अगामी दिनमा यस्तो कार्यलाई अबिलम्ब नरोकेमा प्रहरी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत पत्रकार सम्मेलनमा अध्यक्ष प्रधानले दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ