News Category 2079/09/16
पिसल्याण्ड डबल राउन्ड रोविन क्रिकेटको बिजेता
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
अन्तरविद्यालय डबल राउण्ड रोविन क्रिकेट प्रतियोगिताको बिजेता पिसल्याण्ड विद्यालय भएको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा पिसल्याण्डले लिटिल एन्जलस विद्यालयलयाई पराजित गर्दै बिजेता भएको हो ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा भएको अन्तिम प्रतिस्पर्धामा लिटिल एन्जलसलाई ५० रनले पराजित गर्दै पिसल्याण्डले उपाधि जित्यो ।
टस जितेर ब्याटिङ्ग रोजेको पिसल्याण्डले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ५४ रनको चुनौती पेश गरेको थियो । १ सय ५५ रनको विजय लक्ष्य पछ्याएको लिटिल एन्जेलसले १५ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता पिसल्याण्डका मनु दास घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर क्रिकेट विकास प्रतिष्ठानका विशाल यादव, वेष्ट वोलर लिटिल एन्जेलसका शिव दास र म्यान अफ द सिरिज लिटिल एन्जेलसकै कर्ण बहादुर विक चुनिए ।
प्रतियोगिता समाप्ति पछि आयोजक क्रिकेट विकास प्रतिष्ठान राजविराजका अध्यक्ष ईन्द्र नारायण देवको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथि राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईशरत प्रवीण, जिल्ला क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, एम्पायर तथा स्कोरर संघका जिल्ला अध्यक्ष निरज सिंह, स्कोरर शम्भु दास, नेपाल खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष मनोज कुमार माझी, समाजसेवी गोविन्द कावरा, रमेश शारदा, अरुण शारदा लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ