News Category 2071/07/29
कृषिमा किसानहरु सम्मान पहु“च हुनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २८ कात्तिक ।
स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले कृषिमा स्थानीय किसानहरुको सम्मान पहुँच हुनुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला कृषि विकास कार्यालय सप्तरीको आयोजनामा शुक्रबार राजविराजमा आयोजित एक छलफल कार्यक्रममा स्थानीय विकास अधिकारी धमलाले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले कृषि सम्बन्धिको कार्यलाई व्यवहारमा लागु गर्नुपर्ने बताउदै त्यसका लागि सुचना प्रणालीलाई अझ व्यवस्थित पार्नुपर्ने तथा समन्वयात्मक रुपमा सबै मिलेर विकासीय कार्यलाई अगाडी बढाउनुपर्नेमा बताउनुभयो ।
सो छलफलबाट कृषक समुहलाई व्यवस्थापन गर्न प्रत्येक आर्थिक वर्षको पहिलो चौमासिक अवधि कार्तिक मसान्त सम्म तथा २÷२ वर्षमा नविकरण गर्ने र समुह दर्ता गराउने, आ.व. २०७१÷०७२ को प्रस्तावहरु, निक्षेपित र केन्द्रिय स्तरको कार्यक्रम, युवा लक्षित कार्यक्रम, राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारको छनौट समिति गठन, कार्यक्रम लगातार दोहरो नपर्ने गरी कार्यक्रम संचालन गर्ने लगायतका बिबिध सम्बन्धमा निर्णयहरु गरिएको छ ।
जसमा जिल्ला विकास समितिका नवराज खड्काको संयोजकत्वमा जिल्ला पशु सेवा कार्यालयमा प्रमुख डा.काशीनाथ यादव र जिल्ला कृषि विकास कार्यालयमा रोशन मेहता सदस्य रहने गरी तीन सदस्य एक समिति समेत चयन गरेको छ ।
उक्त छलफल कार्यक्रममा स्थानीय विकास अधिकारी धमला सहित जिल्ला कृषि विकास कार्यालयमा प्रमुख अशोक कुमार दास यादव, जिल्ला पशु सेवा कार्यालयमा प्रमुख डा.काशीनाथ यादव, जिल्ला वन कार्यालयमा प्रमुख नन्द लाल राय यादव, कोशी पीडित समाजका टिम लिडर देब नारायण यादव, रेडक्रस सोसाईटीका अध्यक्ष जोगेन्द्र भगत, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव लगायतकाहरुले कृषि कार्यक्रमलाई अझ किसानहरु समक्ष पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ