News Category 2071/07/30
का“ग्रेस एमाले मुुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप
दैनिक संवाददाता राजविराज, २९ कात्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले काग्रेस एमालेले मुलुकमा ७ प्रदेशको अवधारणा ल्याएर मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँनुभएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउँनुभएको हो । सहमतिको संविधान आए मुलुकमा दिर्घकालिन शान्ति आउँने विश्वास ब्यक्त गर्नुहुदै उहाँले जबसम्म दुई तिहाईको बहुमतिय सरकार रहन्छ, तबसम्म मुलुकमा सहमति हुन नसक्ने बताउँनुभयो । प्रमुख आतिथिको आसन्नबाट बोल्नुहुदै शुक्लाले मधेशी जनताको अधिकार माँग्दा नदिने गरेको आरोप लगाउँदै मधेशी दलहरुले संघर्षबाट आप्mनो अधिकार लिने जिकिर गर्नुभयो । त्यसैगरी सोही कार्यक्रममा पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले काठमाण्डौको सिंहदरवारमा षडयन्त्र भईरहेको बताउँदै मधेशलाई फोड्न खोजेको आरोप लगाउनुभयो । सोही कार्यक्रममा पार्टीका गोविन्द चौधरीले काग्रेस र एमालेले मुलुकमा शासन चलाईरहेको बताउँदै जसले संविधान सभाको बिरोध गर्छ त्यसले संविधान बनाउन नसक्ने बताउँनुभयो । तमलोपाका अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, साधना झा, बि.पी. यादव, हरी प्रसाद राय, सुरेन्द्र मण्डल लगायतका बक्ताहरुले मधेशी जनताको अधिकार सुनिश्चितता गरि समयमै संविधान आउँनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ