News Category 2071/07/30
का“ग्रेस एमाले मुुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप
दैनिक संवाददाता राजविराज, २९ कात्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले काग्रेस एमालेले मुलुकमा ७ प्रदेशको अवधारणा ल्याएर मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँनुभएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउँनुभएको हो । सहमतिको संविधान आए मुलुकमा दिर्घकालिन शान्ति आउँने विश्वास ब्यक्त गर्नुहुदै उहाँले जबसम्म दुई तिहाईको बहुमतिय सरकार रहन्छ, तबसम्म मुलुकमा सहमति हुन नसक्ने बताउँनुभयो । प्रमुख आतिथिको आसन्नबाट बोल्नुहुदै शुक्लाले मधेशी जनताको अधिकार माँग्दा नदिने गरेको आरोप लगाउँदै मधेशी दलहरुले संघर्षबाट आप्mनो अधिकार लिने जिकिर गर्नुभयो । त्यसैगरी सोही कार्यक्रममा पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले काठमाण्डौको सिंहदरवारमा षडयन्त्र भईरहेको बताउँदै मधेशलाई फोड्न खोजेको आरोप लगाउनुभयो । सोही कार्यक्रममा पार्टीका गोविन्द चौधरीले काग्रेस र एमालेले मुलुकमा शासन चलाईरहेको बताउँदै जसले संविधान सभाको बिरोध गर्छ त्यसले संविधान बनाउन नसक्ने बताउँनुभयो । तमलोपाका अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, साधना झा, बि.पी. यादव, हरी प्रसाद राय, सुरेन्द्र मण्डल लगायतका बक्ताहरुले मधेशी जनताको अधिकार सुनिश्चितता गरि समयमै संविधान आउँनुपर्नेमा जोड दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ