News Category 2070/03/22
पर्याप्त वर्षा नभएपछि सप्तरीमा धान रोपाईमा बाधा
दैनिक संवाददाता
राजविराज, २१ असार ।
धान रोपाईको समयमा पर्याप्त बर्षा नभएपछि सप्तरीका किसानहरु चिन्तित बनेका छन् ।
बर्षाको आभावमा गत बर्ष खडेरीको मार खेपेको सप्तरीका किसानहरु यस बर्षपनि पर्याप्त बर्षा नभएपछि किसानहरु चिन्तित बनेका हुन् ।
धान रोकाईको लागि महत्वपुर्ण समय मानिएको असारको तेश्रो सातासम्म पनि पर्याप्त बर्षा नभएकाले यस बर्षपनि खडेरीको चपेटामा परिन्छ कि भने किसानहरुमा चिन्ता छाएको छ ।
जेठको अन्तिम साता र असारको पहिलो सातातिर थोरै बर्षा भएपनि त्यपछि वर्षा नभएका कारण अधिकांश खेतीयोग्य जग्गामा धान बाली रोपाई गर्न पाएका छैनन् यहाँका किसानहरुले ।
पर्याप्त बर्षा नभएपछि थोेरै किसानहरुले पानी तान्ने मोटर जडान गरेर धान रोपाई गरिरहेका छन भने कतिपय किसानहरु अझै बर्षाको प्रतिक्षामा बसिरहेका छन् ।
शुरुमा धानको बेर्ना तयार थिएन्, अहिले अब बेर्ना तयार भएपछि रोपाई गर्न पानी छैन् सप्तरीको मलेठका किसान भुपेन्द्र यादवले भन्नुभयो–‘‘ धान रोपाईमा भईरहेको ढिलाईले किसानहरुमा चिन्ता थपिदै गएको छ ।”
गएको बर्षको खडेरीको मारमा परेका किसानहरुले यस बर्ष पनि खडेरीको मार भोग्नु नपरोस् भने चिन्ता किसानहरुमा बढे्को उहाँको कथन छ ।
बर्षा नभएपछि अहिलेसम्म कबिर ३ हजार ३ सय हेक्टर जमिनमा मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख अनुपलाल साहले जानकारी दिनुभयो ।
जेठको अन्तिम सातातिर भएको बर्षाको समयमा धानको बेर्ना तयार भईन सकेकोले किसानहरुले धान रोपाई गर्न नसकेको र अहिले बेर्ना तयार हुदाँ खेतमा पर्याप्त पानी नै छैन् उहाँले बताउनुभयो ।
नत बर्षा भएको छ नत नहरमा पानी नै छाडिएको छ, प्रमुख साहले भन्नुभयो–‘‘ धान रोपाईको दृष्टिकोणले महत्वपुर्ण मानिएको अहिलेको समयमा बर्षा नभएकाले किसानहरु बढी चिन्तित बनेका छन् ।”
मनसुन सुरु हुन ढिलाई भईरहेकाले धान रोप्नेमा समेत ढिलाई हुने भएकाले यस बर्षपनि सप्तरीमा धान उत्पादनमा कमी आउन सक्ने अनुमान गरिएको छ ।
सप्तरीमा ६६ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य भएपनि ३९ हजार हेक्टर जमिनमा धान रोपाई हुने गरेको छ ।
गएको वर्ष सप्तरीमा २० हेक्टर क्षेत्रफलमा लगाईको धानबालीबाट ५५ हजार मेट्रिक टन मात्र धानको उत्पादन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ