News Category 2079/10/06
नमो बुद्धलाई मेयर कप फुटबलको उपाधी
दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा संचालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको उपाधी नमो बुद्ध फुटबल टिम मझौ सप्तरीले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फइनलमा तालतलैया फुटबल टिम सुनसरीलाई ट्राईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मझौले उपाधी हात पारेको हो ।
दोश्रो हाफको ५ औ मिनेटमा डिबक्स भित्र पाएको पेलान्टीलाई सदुपयोग गर्दै मझौका कृपा चौधरीले गोल गरी टिमलाई अग्रता दिलाएको थियो । २७ औ मिनेटमा तालतलैयाका बिष्णु बहादुर श्रेष्ठले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । त्यसपछि कुनै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिएको थियो ।
उपाधीसँगै बिजेता मझौ ले नगद ५५ हजार पाँच तथा ट्रफी हात परेको छ भने उपबिजेता सुनसरीले नगद ४५ हजार पाँच र कपमा चित बुझाएको छ ।
प्रतियोगिता पश्चात् आयोजित समापन तथा पुरस्कार बितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ता, उपप्रमुख अनिता कुमारी चौधरी, खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा गत पुस २४ गते देखि संचालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ