News Category 2071/08/02
सर्वदलिय बैठकबाट चार बु“दे निर्णय
दैनिक संवाददाता
राजविराज, १ मंसिर ।
जिल्लाको समसामयिक परिस्थितीको बारेमा सोमबार बसेको प्रमुख पार्टीहरुको सर्वदलिय बैठकले चार बुँदे निर्णय गरेको छ ।
एमाले पार्टी कार्यालय मदन नगर राजबिराजमा नेकपा एमालेका अध्यक्ष गोबिन्द न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
बैठकले नर्घोबाट राजबिराज ल्याउदै गरेको एक टक गहु पक्राउ गरेर भन्सारलाई बुझाएर प्रहरीले ज्यादती गरेको ठहर गर्दै सप्तरीका उद्योगी ब्यापारीलाई निर्वाधरुपमा ब्यापार ब्यावसाय गर्ने बातावरण बनाउन र कुनै पनि किसिमको ज्यादती नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यस्तैे बैठकले सगरमाथा अञ्चल अस्पतालमा थप भएको १०० बेडलाई तत्काल कार्यान्वयन गर्न र अस्पतालमा दरबन्दि अनुसारको डाक्टर र आवश्यक उपकरण र अन्य समाग्रिहरु ब्यबस्थापन गर्न सम्बन्धित निकाय सँग माग गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले जिल्ला बिकास समिति सप्तरीको आर्थिक वर्ष ०६८÷०६९, ०६९÷०७० र ०७०÷०७१ को आन्तरिक श्रोतको आम्दानी र खर्च बिबरण सात दिन भित्र राजनैतिक दल, पत्रकार तथा सरोकारवालालाई जानकारी गराउन माँग गर्ने निर्णय गरेको छ ।
साथै राष्ट्रिय वाणिज्य बैक राजबिराज शाखाले भारु सटहि काउन्टर बन्द गरेकाले सप्तरीवासीलाई मर्का परेकाले अबिलम्ब भारु सटहि काउन्टर खोल्न सर्वर्वदलिय बैठकले माग गरेको छ ।
बैठकमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल झा, मधेशी जनअधिकार फोरम लोक तान्त्रिकका अध्यक्ष सत्यनारायण यादव, राष्टिय मधेश समाजवादि पार्टीका जिल्ला अध्यक्ष गजेन्द्रकुमार मण्डल अनुराग, थरुहट तराई पार्टी नेपालका जिल्ला अध्यक्ष पूर्णप्रसाद चौधरी, नेपाल मजदुर किसान पार्टी सप्तरी अध्यक्ष दिगम्बर यादव, संघिय सदभावना पार्टी जिल्ला सचिव मनोज झा, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका जिल्ला सचिव अमरेन्द्र कुमार यादव, मधेशी जन अधिकार फोरम नेपालका जिल्ला सचिव उमेश यादव, एनेकपा माओवादीका प्रतिनिधि केदार देव लगायतको उपस्थिती थियो ।
यसैबीच सोही सम्बन्धमा सर्वदलिय प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवलाई सोमबारै भेटी अबिलम्ब माग पुरा गर्न पहल गर्न माग गरेको समेत जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ