News Category 2079/10/06
सहिदलाई सम्पूर्ण राष्ट्रले सम्झनु पर्छ
मेधशका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न विगत १५ वर्षदेखी बलिदानी दिवस मनाउँदै आइएको छ । प्रत्येक वर्ष माघ ५ गते मनाइने यस दिवसमा मधेश प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डरमा सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । तर, यस वर्ष भने मधेश प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम समेत गर्न भ्याएन् । बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित गोल चौकमा सहिदहरुलाई सम्झिने गरिन्छ । यस वर्षपनि प्रदेश सरकारमा रहेका केही दलहरुका प्रदेशसभा सदस्यहरुले फुलमाला लगाई औपचारिक्ता पुरा गरेका छन् ।
यस पटक मधेश प्रदेश सरकारले बलिदानी दिवसमा कुनै कार्यक्रम नगरे पनि प्रतिनिधिसभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भने संघीय संसदमा एक मिनेट मौनधारण गरेर सहिदहरुलाई सम्झे । आजसम्म कुनै पनि मधेश केन्द्रित दलले संघीय संसदमा बलिदानी दिवसको अवसरमा श्रद्धाञ्जली दिन नभ्याएकोमा उनले सहिदहरुको सम्मानमा आफूसहित केही संघीय सांसदलाई समेत श्रद्धाञ्जली दिन बाध्य पारे । उनको यस्तो कार्यप्रति मधेश केन्द्रित दलका नेताहरुबाटै प्रशंसा भइरहेको छ । विगत १५ वर्षदेखी संघीय संसदमा बलिदानी दिवस बारे कसैले नबोलेकोमा डा. राउतले श्रद्धाञ्जली व्यक्त गर्दै मधेशका सहिदहरुबारे सम्पूर्ण राष्ट्रले पनि श्रद्धाञ्जली दिएर सम्मान दिनुपर्ने माग समेत गरे । उनले मधेशका सहिदहरु मधेशका मात्र नभएर सम्पूर्ण राष्ट्रकै सहिदको दर्जा पाउनु पर्ने माग समेत गरे ।
सहिद भनेको कुनै एउटा समुदाय, क्षेत्र वा स्थानको नभएर सम्पूर्ण राष्ट्रका लागि ज्यानको आहुती दिने व्यक्तित्व हुन् । तसर्थ उनीहरुको बलिदानीलाई सम्पूर्ण राष्ट्रका जनताले सम्झनुपर्दछ अनिमात्र सहिदको सपना साकार हुने कुरामा दुईमत नहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ