News Category 2071/08/04
मोर्चाले बुझायो ९ थान हतियार
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
सरकारसँग वार्तारत अखिल तराई मुक्ति मोर्चा अजित सिंहले बुधबार सप्तरीमा ९ थान हतियार बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आयोजित एक कार्यक्रममा मोर्चाका केन्द्रिय अध्यक्ष अजित सिंहले सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव समक्ष सो हतियार बुझाएका हुन् ।
बुझाइएको हतियारमा दुई नाले १२ भोर बन्दुक एक थान, राइफल दुई थान र नलकटुवा ६ थान रहेको छ । आयोजित कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानसिंह बोहरा, सिमा सुरक्षा कार्यालय सशस्त्र प्रहरी उपरिक्षक ह्दयनारायण मण्डल, अनुसन्धान अधिृकत विष्णुमणि अधिकारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सप्तरीको लालापट्टी गाविस २ निवासी अजित सिंह भनिने अजय यादवसँग सँगै मोर्चाका केन्द्रिय सदस्य सोही गाविस ४ निवासी छेदी राम समेतको सहभागिता रहेको थियो ।
२०६९ साल माघ ७ गते राजविराजमा सरकारको तर्फबाट तत्कालिन शान्ति मन्त्रि सत्या पहाडीसँग पहिलो वार्ता गरेको मोर्चाले २०७१ साल भदौं २२ गते जनकपुरमा सरकारले बनाएको आनन्द ढुङ्गानाको संयोजकत्वको टोलीसँग दोश्रो वार्ता गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ