News Category 2079/10/15
नेपाली पहलमानको उत्कृष्ट प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
स्व.साकेत चन्द्र मिश्रको स्मृति एवं सम्मानमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा जारी १३ औं अन्तराष्ट्रिय महिला तथा पुृरुष कुश्ती प्रतियोगिताको दोश्रो दिन आईतवार नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् ।
विभिन्न तौल समुहमा पुरुष तर्फ ३ र महिला तर्फ १ प्रतिस्पर्धा भएकोमा पुरुष तर्फका सबै प्रतिस्पर्धा नेपाली पहलमानहरुले जीतेका छन् । महिला तर्फ भएको एक खेलमा भने भारतीय खेलाडी विजयी भएका छन् ।
दोश्रो दिनको खेलमा नेपालका वसन्त थापा (बाके), रोहित थापा (बाके) र बाबा यादव (पर्सा) ले क्रमश भारतका जल्लाद सिंह (बिहार), सन्ता सिंह (बिहार ) र सोनु गुजर (हरियाणा) लाई पराजीत गरे ।
महिला तर्फ भने भारत (हरियाणा) कि नेहा सिंहले नितु गुजर (बिहार) लाई पाखा लगाईन । पंचायती व्यवस्था विरुद्धको आन्दोलनमा २०४२ सालमा ज्यान गुमाएका स्व.साकेतचन्द्र मिश्रको स्मृती एवं सम्मानमा उक्त प्रतियोगिता सरस्वती पुजाको अवसर पारेर विगत १३ वर्ष देखि निरन्तर संचालन हुदै आएको आयोजक समितीका अध्यक्ष अजित कुमार मिश्र (पप्पु) ले जानकारी दिए ।
चार दिन सम्म चल्ने प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १८ महिला र ४२ पुृरुष खेलाडी सहभागी रहेको आयोजक समितीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ