News Category 2079/10/17
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा संचालित स्व. साकेत चन्द्र मिश्र तेह्रौं अन्तराष्ट्रिय पुरुष तथा महिला कुश्ती प्रतियोगिता मंगलवार सम्पन्न भएको छ ।
प्रतियोगितामा नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । यस अघि विभिन्न तौल समुहमा भएको १२ प्रतिस्पर्धा मध्ये ८ मा जित हात पारेका नेपाली पुरुष पहलमानहरुले मंगलवारको अन्तिम प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रर्दशन गरे ।
फाईनल खेलको विभिन्न ६ तौल समुहमा भएको पुरुष तर्फको ४ प्रतिस्पर्धामा नेपालका पहलमान निर्दोष भन्ने बाबा यादव, बसन्त थापा, राहुल थापा र बाबरले भारतका क्रमशःअशोक गुजर, शैलेन्द्र मुर्मुर,.कटप्पा सिंह र सुरेन्द्र राजपुतलाई पराजित गरे ।
यस्तै महिलतातर्फ भएको २ प्रतिस्पर्धामा भारतको आरती निषाद र सोनल सिंहले भारत कै निशा गुजर र ज्योति सिहलाई पराजित गरिन । चार दिन सम्म चलेको कुश्ती प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १२ महिला तथा ३० जना पुरुष खेलाडी सहभागी थिए ।
प्रतियोगिता समाप्ती पछी आयोजक समितीका अध्यक्ष अजित कुमार मिश्र (पप्पु)को अध्ययतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी मधेश मधेश प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी लगायतले विजयी खेलाडीहरुलाई पृुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ