News Category 2079/10/17
अन्तराष्ट्रिय कुश्ती प्रतियोगितामा नेपाली पहलमानको उत्कृष्ट प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउपालिकामा संचालित स्व. साकेत चन्द्र मिश्र तेह्रौं अन्तराष्ट्रिय पुरुष तथा महिला कुश्ती प्रतियोगिता मंगलवार सम्पन्न भएको छ ।
प्रतियोगितामा नेपाली पहलमानहरुले उत्कृष्ट प्रर्दशन गरेका छन् । यस अघि विभिन्न तौल समुहमा भएको १२ प्रतिस्पर्धा मध्ये ८ मा जित हात पारेका नेपाली पुरुष पहलमानहरुले मंगलवारको अन्तिम प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रर्दशन गरे ।
फाईनल खेलको विभिन्न ६ तौल समुहमा भएको पुरुष तर्फको ४ प्रतिस्पर्धामा नेपालका पहलमान निर्दोष भन्ने बाबा यादव, बसन्त थापा, राहुल थापा र बाबरले भारतका क्रमशःअशोक गुजर, शैलेन्द्र मुर्मुर,.कटप्पा सिंह र सुरेन्द्र राजपुतलाई पराजित गरे ।
यस्तै महिलतातर्फ भएको २ प्रतिस्पर्धामा भारतको आरती निषाद र सोनल सिंहले भारत कै निशा गुजर र ज्योति सिहलाई पराजित गरिन । चार दिन सम्म चलेको कुश्ती प्रतियोगितामा नेपाल तथा छिमेकी राष्ट्र भारतका १२ महिला तथा ३० जना पुरुष खेलाडी सहभागी थिए ।
प्रतियोगिता समाप्ती पछी आयोजक समितीका अध्यक्ष अजित कुमार मिश्र (पप्पु)को अध्ययतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी मधेश मधेश प्रदेशका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी लगायतले विजयी खेलाडीहरुलाई पृुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ