News Category 2071/08/09
गाविस सचिव यादव थुनामुक्त भएपछि आन्दोलन स्थगित
दैनिक संवाददाता
राजविराज, ८ मंसिर ।
थुनामा रहेका गाविस सचिव नन्दी यादव रिहा भएपछि सोमबारदेखि सप्तरीका गाविस सचिवहरुले कामकाज सुचारु गरेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव तथा केन्द्र सप्तरीका अध्यक्ष भागवत यादवले संयुक्त रुपमा विज्ञप्ती प्रकाशन गरी सोमबारदेखि सप्तरीका सम्पुर्ण गाविस सचिवहरुको कामकाज सुचारु भएको जनाएको छ ।
हस्ताक्षरित विज्ञप्तीका सिम्रहा सिग्यौन गाविसमा कार्यरत तत्कालिन गाविस सचिव नन्दी यादवलाई गत कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय सप्तरीले थुनामा राखेको थियो । सिम्रहा सिग्यौन ९ बस्ने राम नेहोरा ठाकुरको नागरिकता प्रतिलिपी सिफारिस सचिव यादवले सिफारिस नै नगरेको अरुले कृते गरेको विषयलाई लिएर एउटा राष्ट्र सेवक कर्मचारीलाई दुख दिई मानसिक यातनाको साथै मनोबल गिराउने काम गरि थुनामा राखि अनुसन्धानकै क्रममा राष्ट्रिय विधि वित्रान प्रयोगशाला रोनाष्टबाट जाँच भई निर्दोष सावित भएकाले सचिव यादवलाई थुना मुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यता गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल केन्द्रिय कार्य समितिको आह्वानमा कार्तिक २५ गतेदेखि नागरिकता लगायतका अन्य सिफारिसका कामकाज ठप्प पारी आन्दोलनमा ओर्लेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ