News Category 2079/12/02
शिक्षा तथा बाणिज्यमा सुधारका लागि मन्त्रालयले सार्वजनिक ग¥यो १६ बुँदे योजना

दैनिक समाचारदाता
जनकपुरधाम, १ चैत ।
मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधी तथा बाणिज्य मन्त्री महेश प्रसाद यादवले शिक्षा तथा बाणिज्यमा सुधारका निम्ति १६ बुँदे योजनाहरु सार्वजनिक गरेका छन् ।
बुधबार जनकपुरस्थित शिक्षा, विज्ञान, प्रविधि तथा बाणिज्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त १६ बुँदे योजनाहरु सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री यादवले मधेश प्रदेशको शिक्षा अवस्था कमजोर हुनुको मुख्य कारण सबै पक्ष आफ्नो दायित्वबाट पन्छिएको बताए । उनले खास गरी सिमान्तकृत समुदाय, दलित, गरीब समुदायका बच्चाहरु समुदायिक विद्यालयमा बढि संख्यामा पाएको भन्दै त्यहाँका अभिभावकहरुको चेतनाको अभाव देखियो बताए ।
उनले शिक्षकहरुले गरिनु पर्ने जतिको पठनपाठन काममा पनि ढिल्लासस्ती, विद्यालयका प्रधानाध्यापकहरु पूर्णकालिन राजनीतिमा लिप्त रहेको दाबी गरे । विगतका सरकारहरु पनि अव्यवस्थित र अवैज्ञानिक ढङ्गले भौतिक संरचना निर्माणमा मात्रै ध्यान दिएको उनले आरोप समेत लगाए ।
सोही पत्रकार सम्मेलनमा मन्त्री यादवले शिक्षालयको मुख्य काम शिक्षालाई प्रगतिशील बनाउने तथ्यलाई कसैले आत्मसात नगरेको तथा शिक्षा सम्बन्धीको नयाँ ऐन कानुन र नीतिको समेत अभाव रहेको बताए ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका १६ बुँदे योजनाहरुमा लचकदार व्यवहार अवलम्बन, नतिजामुखी नीति निर्माणमा जोड, त्रिपक्षिय समन्वय, साक्षर मधेश प्रदेश घोषणा, सिमान्तकृत समुदायको लागि विशेष नीति, क्युईएमएस नीति, प्रदेशिक शिक्षा ऐन, दण्ड पुरस्कार नीति, शिक्षा विज्ञहरुसँग त्रैमासिक स्कुलिङ, टेक्नोलोजि फर गार्जियन, मधेश कृषि विश्वविद्यालयमा नयाँ वर्षदेखी पठनपाठन, व्यवहारिक, संस्कारी र मातृभाषा शिक्षमा जोड, विज्ञान, प्रविधिसँग सम्बन्धीत प्रदेश स्तरिय बिग प्लान्ट जडानमा जोड, व्यापार तथा बाणिज्य सम्बन्धी विशेष नीति, प्रदेश स्तरमा हानिकारक पदार्थको नियमन र व्यवस्थापन तथा प्रदेश सरकारलाई आर्थिक रुपले सम्बृद्ध बनाउन आर्थिक मितव्ययतता सिद्धान्तलाई अभ्यासमा ल्याउने रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ