News Category 2071/08/15
युवाहरुलाई बिदेश जानुको सट्टा आप्mनै मुलुकमा काम गर्न सुझाव ः एलडिओ धमला
दैनिक संवाददाता
राजविराज, १४ मंसिर ।
सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रको आईतबार एक कार्यक्रमबीच उद्घाटन भएको छ ।
गणेशमान सिंह स्मारक फाउण्डेशन र सबल नेपालको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रमबिच स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै अधिकारी धमलाले बेरोगजार युवाहरु बिदेश जानुको सट्टा आप्mनै मुलुकमा कुनै ब्यवसायी गरेर रोजगारीको अवसर श्रृजना गर्न सुझाव दिनुभयो ।
उहाँले युवाहरु देशमै बसेर केही गर्नु नै उचित हुने सल्लाह दिदै यदि रोजगारीका लागि बिदेशै जानुपर्ने अवस्था आयो भने आवश्यक परामर्श तथा रोजगारीको बारे सम्बन्धित निकायसँग सुचना लिएर मात्र जान सल्लाह दिनुभयो ।
सोही क्रममा उहाँले सिंगो मुलुक नै रेमिटान्सले नै चलिरहेको स्पष्ट गर्दै यदि मुलुकमा ६ महिनासम्म रेमिटान्स आउन बन्द भएमा मुलुक संकटमा पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बैदेशिक रोजगार विभागका अधिृकत उपेन्द्र न्यौपानेले नेपालबाट हाल ३२ लाख जनसंख्या बैदेशिक रोजगारका लागि बिदेशिएको जानकारी दिनुभयो । जसमध्ये सप्तरीबाट २०७०÷०७१ मा १३ हजार ५ सय ६७ जना पुरुष र २५ जना महिला रोजगारका लागि बिदेशिएको अधिकृत न्यौपानेले बताउनुभयो ।
सबैभन्दा बढी रोजगारका लागि विदेश जाने मानिसहरुको संख्यामा सप्तरी पाँचौ स्थानमा रहेको बताउँदै नेपाल सरकारले एक सय १० वटा मुलुकमा रोजगारीको लागि स्विकृति दिएको भन्दै सप्तरीबाट हाल १४ वटा मुलुकमा बैदेशिक रोजगारको लागि युवाहरु बिदेशिएको उहाँले जानकारी दिनुभयो ।
हाल सप्तरीबाट सबैभन्दा बढी मलेशिया र साउदी अरेबिया रोजगारका युवाहरु गएका छन् । यस्तै मुलुकमा सबैभन्दा बढी धनुषा, झापा, मोरङ्ग, सिरहा र सप्तरीबाट सबैभन्दा बढी युवाहरु बैदेशिक रोजगारको लागि बर्षेनी जाने गरेका छन् ।
गणेशमान सिंह स्मारक फाउण्डेशनका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काग्रेसका सभापति दिनेश कुमार यादव, पत्रकार महासंघका उपाध्यक्ष श्रवण कुमार देव लगायतले आ– आप्mनो धारणा राख्नुभएको थियो ।
बैदैशिक रोजगारका लागि युवाहरुलाई सहि सुचना र रोजगारको बारे जानकारी गराउनका निम्ति परामर्श केन्द्रको स्थापना गरिएको सबल नेपालका अशोक कुमार साहले जानकारी दिनुभयो ।
सो परियोजना जिल्लाको रायपुर, मलेठ, जमुनी मधेपुरा, बभनगामाकटी, लालापटी, रम्पुरा मल्हनिया, बिषहरिया, मलेकपुर र शम्भुनाथ नगरपालिकामा संचालन गरिएको सबल नेपालका अशोककुमार साहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ