News Category 2071/08/17
महिलाको रहस्यमय मृत्यु प्रहरीद्वारा अनुसन्धान सुरु
शुभ नारायण यादव
राजविराज, १६ मंसिर ।
मुलुकभरी महिला हिंसा सम्बन्धि १६ दिने अभियान मनाईरहेको बेला सप्तरीमा एक जना महिलाको रहस्यमय तरिकाबाट मृत्यु भएको छ ।
सात महिना अघि प्रेम विवाह गरेकी सप्तरीको दिघवा गाविस १ बिरौल निवासी सुरज साहकी १८ वर्षिया श्रीमति पुनम चौधरीको दाइजोका कारण उनका आप्mनै श्रीमान र सासु मिलेर रहस्यमय तरिकाबाट हत्या गरिएको आरोप पीडित परिवाजनले लगाएका छन् ।
गत बैशाखमा पुनम र सुरजबिच अन्तरजातीय प्रेम विवाह गरेको तथा विवाह गरेको सात महिना नबित्दै पुनमको दाइजोका कारण बिष खुवाएर रहस्यमय तरिकाबाट हत्या गरिएको पीडितका परिवारजनको आरोप छ ।
यसैबीच सप्तरीका प्रहरी प्रहरी उपरिक्षक दानसिंह बोहराले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनु भएको छ ।
दाइजो नल्याएको भन्दै यसअघि पनि पुनमलाई पटक पटक उनका श्रीमान र सासु बेचनी देवी साहले कुटपिट गर्दै आएको पीडितको भनाई रहेको छ । पछिल्लो पटक गत आईतबार दिउँसो सासु र बुहारी बिच भएको झै झगडामा पुनमलाई बाँसको भाटाले निर्घात कुटपिट गरेको शरीरभरी निलडाम परेको तथा बिष खुवाएर हत्या गरेको आरोप लगाइएको छ ।
बिष खुवाईएपछि सख्त घाईते पुनमको तत्काल राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल भर्ना गरिएपनि त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले रेफर गरिएको थियो ।
सोही क्रममा पुनमलाई थप उपचारको लागि विराटनगरतर्फ लगिदै गरेको अवस्थामा सप्तरीको हनुमाननगरमा मृत्यु भएको पीडितका परिवारजनले बताएका छन । पुनमको मृत्युपछि उनको शव पोष्टमार्टमसका लागि राजविराज नल्याई सुनसरीको ईनरुवा लगिएको थियो ।
यसैबिच उक्त घटनाको बास्तविक छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कार्बाही हुनुपर्ने माँग विभिन्न संघ संस्थाले गरेका छन ।
महिला पत्रकार एवं कुरिति जन्य हिंसा अन्त्यकी अध्यक्ष अम्बिका दाहाल, मानवअधिकार हुपेकका अध्यक्ष धर्मेन्द्र कुमार यादव, उमा पोखरेल लगायतकाहरुले पटक पटक महिलामाथि भईरहेको घटनाको घेर भत्सर्ना गर्दै पुनमको रहस्यमय तरिकाबाट हत्या गरेको भन्दै सो घटनाको बास्तविक छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कार्बाही हुनुपर्ने जोडदार माँग गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ