News Category 2079/12/16
मंसापुर र तिलाठी बिजयी

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्नतलस् दुई खेलमा वडा नं. ७ मन्सापुर र वडा नं. १ तिलाठी बिजयी भएका छन् ।
पहिलो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. २ लौनियाँलाई ८ विकेटले तथा दोस्रो खेलमा वडा नं. १ तिलाठीले वडा नं. ५ को.बर्साइनलाई २१ रनले पराजित गरेको छ ।
विहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको लौनियाँ मन्सापुरका बलर सामु निरीह सावित हुँदै ८ ओभर ४ बलमा ४५ रनमा अलआउट भयो । लौनियाका लागि मिथिलेश कुमार मण्डलले १४ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राजकुमार मण्डलले घातक बलिङ गर्दै ३ ओभर ४ बलमा ११ रन खर्चेर ६ विकेट लिए भने धिरज मण्डलले ३ तथा निरज कुमार मण्डलले १ विकेट हात पारे ।
जितको लागि ४६ रनको लक्ष्य पछ्याउने क्रममा मन्सापुर टिम ५ ओभर १ बलमा दुई विकेट गुमाई जित हात पार्न सफल भयो । मन्सापुरका लागि धिरज मण्डलले १४ तथा चेतन यादवले ११ रन बनाए । लौनियाका लागि रमानन्द मुखियाले २ विकेट लिए ।
उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरे ।
यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिलाठीले २० ओभरमा ९ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा मिथुन यादवले सर्वाधिक ३१ रन बनाए भने लक्ष्मी रायले १० रनको योगदान गरे । को. बर्साइनका लागि राजा रायले ४ ओभरमा ८ रन दिएर ४ विकेट लिए भने दिपेश सरदारले २ तथा राहुल रजक र राजेश रजकले १÷१ विकेट लिए ।
जितको लागि ९२ रनको लक्ष्य पछ्याउने क्रममा वडा नं. ५ को.बर्साइन टिम १२ ओभर ४ बलमा ७० रनमा अलआउट भयो । को. बर्साइनका लागि सुभाष शर्माले सर्वाधिक २० रन बनाए भने राहुल रजकले ११ रन बनाए । अन्य खेलाडिहरु दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । तिलाठीका लागि शिव कामैतले उत्कृष्ट बलिङ गर्दै ३ ओभर ४ बलमा १४ रन दिएर ५ विकेट लिंदै आफ्नो टिमलाई विजयी गराए । तिलाठीका लागि चन्दन झा र कारी झाले २÷२ तथा सुनिल यादवले १ विकेट लिए । उक्त खेलमा तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ