News Category 2071/08/19
कोशी नदीबाट गा“जा सहित पा“च तस्कर पक्राउ
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
सप्तरीको भारदह गाविस १ स्थित कोशी नदीबाट ठुलो परिमाणमा गाँजा सहित पाँच जनालाई सप्तरी प्रहरीले बुधबार राती पक्राउ गरेको छ ।
कोशी नदीको बाटो भएर डुङ्गामा गाँजा लिएर भारततर्फ लैजादै गर्दा सप्तरी प्रहरीले घेराबन्दी हाली ७ वटा पोकामा रहेको १ सय ७२ किलो गाँजासहित दुई भारतीय र ३ नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीको भारदह १ का ३४ वर्षिय इन्द्र नारायण माझी, २० वर्षिय सुभाष मण्डल, भारदह ६ का २४ वर्षिय रामेश्वर मेहता, भारतको सुपौल जिल्लास्थित बनैनिया गाविसका ३२ वर्षिय उमेश साह र भारतकै भवटीयाही निवासी ३० वर्षिय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो ।
विगत केही समय यता तस्करहरुले ढुङ्गाबाट गाँजा तस्करी भईरहेको गोप्य सुचना पाए लगत्तै सप्तरी प्रहरीले सो क्षेत्रमा गस्ति बढाएको थियो । त्यस्तै सप्तरीमा साउन महिनादेखि मंसिर १५ गतेसम्म जिल्लाको सदरमुकाम राजविराजसहित विभिन्न ग्रामिण भेगमा गरी ३२ स्थानबाट ८२ हजार ७ सय ९५ गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरिक्षक ढकालले जानकारी दिनुभयो ।
यता पक्राउ परेका व्यक्तिहरुलाई प्रहरीले म्याद थप गरि आवश्यक अनुसन्धान प्रकृया शुरु गरिसकेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ