News Category 2079/12/20
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच हुनेछ ।
सोमबार सम्पन्न खेलमा वडा नं. ७ मन्सापुरलाई ५ विकेटले पराजित गर्दै वडा नं. ४ कोइलाडी फाइनलमा प्रवेश गरेको हो । यसअघि नै वडा नं. को. बर्साइन फाइनलमा प्रवेश भइसकेको छ ।
गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाका अनुसार शनिबार वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनबीच फाइनल खेल हुनेछ ।
टस जितेर ब्याटिङ्ग गरेको मन्सापुरले कमजोर ब्याटिङ्ग प्रदर्शन गर्दा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । मन्सापुरका लागि सुवेश मण्डलले सर्वाधिक ३५ रन बनाए भने महेश मण्डलले अविजित २८ र चेतन यादवले १८ रन बनाए । कोइलाडीका लागि रोशन मण्डलले २ तथामो. गुड्डु र बिहारी मण्डलले १÷१ विकेट लिए ।
जितको लागि १०२ रनको लक्ष्य पछ्याएको कोइलाडी टिम १६ ओभर २ बलमा ५ विकेट गुमाई विजयी हासिल गर्दै फाइनल प्रवेश गरेको हो । कोइलाडीका लागि देवेश मण्डलले अविजित २८, मो. गुड्डुले १५, रोशन मण्डलले ११ र जितेन पासवानले १० रनको योगदान दिए । मन्सापुरका लागि चेतन यादव र राजकुमार मण्डलले २÷२ तथा देवकी नन्दन मण्डलले १ विकेट लिए । उक्त खेलमा कोइलाडीका रोशन मण्डललाई म्यान अफ द म्याच घोषित गरिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ