News Category 2079/12/21
मधेश प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले दिए राजिनामा
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
मधेश प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्री र राज्यमन्त्रीहरुले राजिनामा दिएका छन् ।
मंगलवार मुख्यमन्त्री सरोज कुमार यादवसमक्ष सामुहिक राजिनामा बुझाएको एमालेका चार मन्त्री र एक राज्यमन्त्रीको राजिनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । एमाले मधेश प्रदेशमा २४ सांसद सहित प्रदेशको पहिलो दल रहेको छ ।
नेकपा एमालेका नेता एवं निवर्तमान कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखीले केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि आफूहरूले नैतिकताका आधारमा राजीनामा दिएको बताए । राजीनामा बुझाइसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्रीको सहजताका लागि आफूहरू सरकारबाट बाहिरएको तर समर्थन फिर्ता लिने वा कायम राख्ने भन्ने विषयमा अहिले निर्णय नभइसकेको बताए ।
मधेस प्रदेश सरकारमा एमालेका तर्फबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जैद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री थिए । साथै केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए ।
यता मुख्यमन्त्री यादवले अव कांग्रेस, लोसपा र नेकपा एस सरकारमा सहभागि हुने बताउदै उपनिर्वाचन पछि मात्र उनीहरुलाई कसरी सहभागि गराउने भन्ने विषयमा छलफल हुने बताए ।
बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध एमालेले उम्मेदवारी दिएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि जसपा अध्यक्ष यादवविरुद्ध जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ ।
एमालेको राजिनामा पछि खाली भएका मन्त्रालयहरुको जिम्मेवारी प्रदेश प्रमुख हरिशंकर मिश्रले तत्काल मुख्यमन्त्रीले नै सम्हाल्ने गरि जिम्मेवारी तोकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ