News Category 2070/02/24
दोस्रो विवाह गर्ने पतिले निर्घात कुट्दा टाउकोमै १९ टा“का
दैनिक संवाददाता
राजविराज, २३ जेठ ।
सप्तरी सदरमुकाम राजविराजकी एक महिलालाई उनकै पतिले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएकी ती महिलाको टाउकोमा १९ वटा टाँका लगाउनुपरेको छ ।
दोस्रो विवाह गरेका राजविराज १ निवासी नरसिंह दासले पहिलो श्रीमति फुलोदेवीलाई बिहीबार निर्घात कुटेका छन् । ४६ बर्षीया फुलोदेवीको गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
पति नरसिंहले दोस्रो विवाह गरी छाडिदिएपछि फलोदेवी नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडि खाटमा सानो पसल थापी संचालन गर्दै आएकी थिइन् । आफ्नी आमालाई एक्लै छाडेर विवाह दर्ता र नागरिकता समेत नबनाइदिएर पिता नरसिंहले बारम्बार यातना दिदैं आएको घाइते फुलोदेवीका छोरा पप्पुले बताए ।
फुलोदेवीलाई काठको टुक्रा लिएर निर्ममतापूर्वक हिर्काइएको छ । पालनपोषण समेत नगर्ने नरसिंहले खाटमा बसेर पसल किन थापेको ? भन्दै एक्कासी कुट्न थालेको छोरा पप्पुले बताए । फुलोदेवीको टाउकोबाट अत्यधिक रक्तश्राव भएको र उनको अवस्था नाजुक रहेको छ । टाउकोमै १९ वटा टाँका लगाउनुपरेको अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ