News Category 2070/03/23
सुन्दरी खोलाको बाढी सर्वसाधारणको घरमा पस्यो, जीवनयापनमा समस्या
राजविराज÷शुक्रबार परेको अविरल बर्षाका कारण स्थानीय सुन्दरी खोलामा आएको बाढीले सप्तरीको बरमझिया गाविसका करिब डेढ दर्जन व्यक्तिको घरमा पानी पसेको छ ।
बाढीले बरमझिया–२ का किसुनदेव खंगको चार वटा घरमा पानी पसेको छ । उनको एउटा घर लडेको छ ।
यस्तै कविनाथ मैरबताको ३, रामेश्वर खंग, श्री खंग, देवन खेरवार, कवितलाल बिराजी, रुन्दी खंग २, दुःखी खंग २, भरत खंग, दुखी खंग, कपिलदेव यादव, कवितलाल यादव र रामेश्वर यादवको २÷२ वटा घर बाढीले डुबानमा परेका छन् भने बालेश्वर खंग, डम्बर खंग, डोमरी खंंग, खुशिलाल बिराजी र बुढेस खंगको १÷१ घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कवित लाल विराजीको घरको टाटी भत्केको छ ।
शुक्रबार दिनभर परेको पानीका कारण सुन्दरी खोलामा बाढी आएको हो । बाढी बस्तीतर्फ बगेपछि घरमा पानी पसेको हो । घरभित्र पानी पसेपछि खाना पकाउन र सूतन समेत समसया भउको स्थानीयहरुले बताएका छन् । अधिकांश घर ढल्ने अवस्थामा पुगेको स्थानीयवासी बाढीपीडित खुशीलाल यादवले बताउनुभयो । दुईवटा घरसूगै नजिकै रहेको पाखेरीको सबै माछा पनि बाढीले बगाइदिएको श्री यादवले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ