News Category 2079/12/26
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ५ को. बर्साइनलाई १ विकेटले पराजित गर्दै कोइलाडीले सो उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको को. बर्साइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । जसमा दिपेश सरदारले सर्वाधिक ५२ रन बनाए भने प्रकाश मण्डलले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
कोइलाडीका लागि जुगनु मण्डलले ३ तथा रोशन मण्डल र मो. गुड्डुले २÷२ तथा मौसम मण्डलले १ विकेट लिएका थिए ।
जितको लागि १ सय १६ रन पछ्याउने क्रममा कोइलाडी टिम १९ ओभर १ बलमा ९ विकेटको क्षतिमा जित निकाल्न सफल भयो । फाइनल खेलका म्यान अफ द म्याच रोशन मण्डलले सर्वाधिक ३५ रन बनाए भने मो. गुड्डुले १८ र मौसम मण्डलले ११ रन बनाएका थिए । को. बर्साइनका लागि विशाल शर्मा र राजन साहबी ले २÷२ तथा राजेश दास र राजा रायले १÷१ विकेट लिएका थिए ।
प्रतियोगितामा १ सय १ रन बनाउनुका साथै ६ विकेट लिएका वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द सिरिज, ३ खेलमा ९५ रन बनाएका को. बर्साइनका सुभाष शर्मालाई बेस्ट ब्याट्सम्यान तथा २ खेलमा ८ विकेट लिएका मन्सापुरका राजकुमार मण्डललाई वेस्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता समापनको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक विपीन झासहितकाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोह कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ