News Category 2079/12/26
कोइलाडीले चुम्यो गाउँपालिका स्तरीय क्रिकेटको उपाधी
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ कोइलाडीले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ५ को. बर्साइनलाई १ विकेटले पराजित गर्दै कोइलाडीले सो उपाधी जितेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको को. बर्साइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । जसमा दिपेश सरदारले सर्वाधिक ५२ रन बनाए भने प्रकाश मण्डलले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् ।
कोइलाडीका लागि जुगनु मण्डलले ३ तथा रोशन मण्डल र मो. गुड्डुले २÷२ तथा मौसम मण्डलले १ विकेट लिएका थिए ।
जितको लागि १ सय १६ रन पछ्याउने क्रममा कोइलाडी टिम १९ ओभर १ बलमा ९ विकेटको क्षतिमा जित निकाल्न सफल भयो । फाइनल खेलका म्यान अफ द म्याच रोशन मण्डलले सर्वाधिक ३५ रन बनाए भने मो. गुड्डुले १८ र मौसम मण्डलले ११ रन बनाएका थिए । को. बर्साइनका लागि विशाल शर्मा र राजन साहबी ले २÷२ तथा राजेश दास र राजा रायले १÷१ विकेट लिएका थिए ।
प्रतियोगितामा १ सय १ रन बनाउनुका साथै ६ विकेट लिएका वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द सिरिज, ३ खेलमा ९५ रन बनाएका को. बर्साइनका सुभाष शर्मालाई बेस्ट ब्याट्सम्यान तथा २ खेलमा ८ विकेट लिएका मन्सापुरका राजकुमार मण्डललाई वेस्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता समापनको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु मुनिलाल मुखिया, ललन प्रसाद राउत र हरिनारायण मण्डल, शिक्षा शाखा प्रमुख चन्द्र भुषण राय, प्रधानाध्यापक विपीन झासहितकाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको समापन समारोह कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ