News Category 2071/08/23
दैनिक ज्यालादारी कर्मचारीहरुको रिले अनसन जारी
दैनिक संवाददाता
राजविराज, २२ मंसिर ।
विगतमा भएको सम्झौता अबिलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका विभिन्न पाँच बुँदे माँगहरु अघि सारी दैनिक ज्यालादारी कर्मचारी इकाई समितिको रिले अनसन सोमबार पनि जारी रहेको छ ।
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन न. २ अन्तर्गत दैनिक ज्यालादारी कर्मचारी इकाई समितिले विगत एक सातादेखि कार्यालयको कामकाज ठप्प पारी रिले अनसनमा बसेका हुन ।
कार्यालयको दरबन्दीमा कार्यरत ढल्पाहरुको समानपदको तलब बराबर रकम दैनिकी परिश्रमिकमा काम गर्ने ढल्पाहरुलाई पनि सोही बराबर परिश्रमिक उपलब्ध गराउँनुपर्ने, १० देखि ३० वर्ष सम्म दैनिकी काम गर्ने दक्ष कामदार श्रमिकहरुलाई उमेरको हद लगाई हटाउँदा एक मुष्ट एक वर्ष बराबरको २ महिनाको दरले खाईपाइ आएको परिश्रामिक रकम बराबर रकम उपलब्ध गराउनुपर्ने, सो रकम सम्बन्धित पक्षहरुले उपलब्ध नगरासम्म सम्पुर्ण श्रमिकहरुलाई यथावत काममा लगाई राख्नुपर्ने र संवेदनशिल क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई जिवन बिमा तथा दुर्घटना बिमाको व्यवस्था गर्नुपर्ने लगायतका माँगहरु अघि सारि आन्दोलनमा ओर्लेका हुन ।
सप्तरीमा ७० जना श्रमिक ज्यालादारी कर्मचारीहरु मध्ये ३२ जनालाई उमेरको हद अर्थात ५८ वर्ष पुरा भएको भन्दै कार्तिक १ गतेबाट खारेज गरेको भन्दै आन्दोलनमा ओर्लेको समितिका अध्यक्ष छत्र नारायण यादवले जानकारी दिनुभयो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत रिले अनसनमा बसेको तथा मंसिर २६ गतेसम्म माँग माँग पुरा नभए मंसिर २८ गतेदेखि अनिश्चिकालिन आमरण अनसन बस्ने समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ