News Category 2080/01/10
अनलाईन ठगी गरेको आरोपमा ६ जना पक्राउ
दैनिक समाचारदाता
धनुषा, १० बैशाख ।
अनलाइन ठगी गरेको आरोपमा धनुषा प्रहरीले ६ जनालाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलमार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका ३ लग्मा बस्ने २५ वर्षीय रञ्जित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, जनकपुरधाम उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहम्मद जिलानी साफी छन् ।
प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ करिब ५ बजे ४ जनालाई धनुषाको जनकनन्दनी गाउँपालिका ३ महुवाटोलबाट र दुईजनालाई जनकपुरधाम १२ बाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले पक्राउ परेका साथबाट ६ थान एन्ड्रोइड मोबाइल र एकथान फिचर फोन गरी जम्मा ७ थान मोबाइल र नगद २९ हजार ५ सय ७६ रुपैयाँ बरामद गरी थप अनुसन्धान गर्दा उनीहरुले टलविन लाइफ नामक एक अमेरीकी संस्थामार्फत ठगी गरेको खुलेको जानकारी दिए । उनीहरुले १ हजार ९१ जना पीडितहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ रुपैयाँ ठगी गरेको उनको भनाई छ ।
एसपी खड्काले भने, ‘उनीहरुले टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी आफ्नो युजर एकाउण्ट खोल्न सकिने र सो एकाउण्ट खोल्न कम्तिमा ३० अमेरीकी डलर आवश्यक पर्ने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभन दिएका थिए । टलविनको एकाउण्टमा पैसा लोड गर्न बाइनान्स एप्लिकेशनको मद्दतबाट नेपाली पैसालाई अमेरीकी डलरमा रुपान्तर गरी टलविन लाइफको एकाउण्टमा पैसा लोड गर्न सकिने र टलविन लाइफको एकाउण्टबाट डबल पैसा बाइनेन एप्लिकेशनको एकाउण्टमा लोड गरेर नेपाली पैसामा रुपान्तरण गरी बैंक एकाउण्ट तथा विभिन्न अनलाइन वालेटमा हाल्न सकिन्छ भन्दै उनीहरुले ठगी गरेको देखिन्छ ।’
उनीहरुले ४ हजार ५ सय अमेरीकी संस्था टलविन लाइफमा लगानी गर्दा ३ बर्षमा २ लाख १४ हजार रुपैयाँ पाउन सकिने र त्यसका अलवा टलविन लाइफ नामक संस्थाम आफूमार्फत प्रत्यक्ष सदस्य बनाएमा लगानीको ५० प्रतिशत कमिशन पाउने भनी ठगी गरेको र आफूले बनाएको सदस्यले थप सदस्य बनाउँदै जाँदा एक डलर आफ्नो खातामा आउने भनी ठगी गरेको एसपी खड्काले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ