News Category 2080/01/12
हनुमानगर मेयर कपमा कंचनपुर र छिन्नमस्ता बिजयी
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता मंगलबारदेखी सुरु भएको छ ।
मधवापुर खेल मैदानमा मंगलबार भएको उदघाटन खेलमा कंचनपुर र छिन्नमस्ता बिजयी भएका छन ।
सम्पन्न पहिलो खेलमा हनुमानगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कंचनपुर क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेटमा सो जित हात पारेको हो ।
कंचनपुरका अभिषेक गौतम ५२, मदन चौधरी तथा उमेश चौधरीले अविजित खेल्दै १५ रन बनाएका थिए । टस जितेर हनुमानगरले १६ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७ रनको योगफल खडा गरेको थियो । जसमा सनत खड्गा ३० रन, प्रज्जवल झा २७ रन जोडेका थिए ।
बलिंग तर्फ कंचनपुरका असलम शेख र अभिषेक गौतम ३÷३ बिकेट र उमेश चौधरी तथा मुकेश सिँहले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि प्लेयर अभिषेक गौतम घोषित भए ।
यसैगरी दोस्रो खेलमा रूपनीलाई ९ बिकेटले पराजित गर्दै छिन्नमस्ता गाउपालिका बिजयी भएको छ । रूपनीले दिएको ५८ रनको लक्ष्य लिएका छिन्नमस्ताले १ बिकेट गुमाएर हासिल ग¥यो ।
जसमा दयानन्द अमात्यले २७ रन अविजित र फिर्दाेस अन्सारीले २० रन बनाएका थिए । उक्त खेलमा उत्कृष्ट बलिंग गर्दै रूपनीका ७ वटा खेलाडीलाई आउट गरेका छिन्नमस्ताका फिर्दाेस अन्सारी म्यान अफ द प्लेयर घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ