News Category 2071/08/24
छाडा पशु चौपायाबाट दश हजार जरिवाना असुली, ५५ सु“गुर मारिए
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
नगरमा बढ्दो छाडा पशु चौपायाहरुको नियन्त्रणका लागि राजविराज नगरपालिका विगत केही समय यता सक्रिय भएको छ । सोही क्रममा राजविराज नगरपालिकाले विगत एक साताको अवधिमा नगरको विभिन्न स्थानबाट दर्जनौ पशु चौपायालाई नियन्त्रणमा लिई १० हजार राजस्व असुली गरेको छ ।
शहरमा बढ्दो दुर्घटना तथा शहर कुरुप बन्दै गएको भन्दै राजविराज नगरपालिकाले केही दिन अगाडी सार्वजनिक सुचना प्रकाशन गरी छाडा पशु चौपाया नियन्त्रणका लागि अनुरोध गरेको थियो । सोही अन्तर्गत नगरपालिकाले छाडा गाई वस्तु नियन्त्रण गरी काँजी हाउसमा राखी धनीहरुबाट जरिवाना लिई छाडा पशु चौपायाबापत १० हजार राजस्व असुली गरेको राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँले यसअघि शहरको विभिन्न भागमा हाल सम्ममा ५५ वटा सुगुंर मारिएको तथा दर्जनौ छाडा पशु चौपायाहरुलाई नियन्त्रणमा लिई १० हजार जरिवाना समेत असुल गरेको बताउँनुभयो ।
नियन्त्रणमा लिइएका गाईबस्तुहरु चौपायाधनिले २४ घण्टा भित्र लगे रु. २ सय जरिवाना तिर्नुपर्ने बताउँदै उहाँले सो समय अवधिमा नलगेमा प्रति दिन रु.५० को दर थप जरिवाना तिर्नु पर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
नगरमा बढदो सुगुंर व्यवस्थापनका लागि नगरको फोहोर व्यवस्थापन गर्नु जरुरी रहेको नगरपालिका अधिकृत गुरुङ्गको भनाई छ । नगरबासीहरुले आ–आप्mनो घर अगाडी फोहोर नफाली फोहोरलाई डस्टविनमा राखि नगरपालिकाको गाडी गएपछि मात्र त्यसमा फाल्न आग्रह गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ