News Category 2080/01/16
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
राजविराज÷सप्तरीको रुपनी गाउँपालिकाले हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।
रुपनीले छिन्नमस्ता गाउँपालिकालाई २७ रनले पराजित गर्दै सो उपाधी जितेको हो ।
शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गरेको रुपनी गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ४ रनको योगफल तयार पारेको थियो । जसमा रुपनीका ईमरान शेखले सर्वाधिक ६१ रन बनाएका थिए । यसैगरी विकास दासले ४३, विक्की चौधरीले ३७, अरनिको यादवले २२ तथा राशिद खानले १८ रन बनाएका थिए ।
छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २÷२ विकेट लिए भने उपेन्द्र रायले १ विकेट लिए ।
जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाले निर्धारित २० ओभरमा १ ुय ७७ रन मात्र बनाउन सफल भयो । छिन्नमस्ताका लागि रेवति रायले अविजित ४८, गुणानन्द रायले २८ रन बनाएका थिए । यसैगरी सिद्धान्त लोहनीले २७, फिरदोश अन्सारले १६ र रवि रायले १३ रनको योगदान दिएका थिए ।
रुपनी गाउँपालिकाका लागि सुनिल धमला र अशोक मेहताले ३÷३ विकेट लिए भने अशोक यादवले २ विकेट लिंदै आफ्नो टिमलाई प्रथम मेयर कपको उपाधी दिलाउन सफल भए ।
विजेता रुपनी गाउँपालिकाले नगद एक लाख रुपैयाँ तथा ट्रफी पुरस्कार पाएका छन् भने उपविजेता छिन्नमस्ता गाउँपालिका टिमले नगद ५० हजार र ट्रफी पुरस्कार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छिन्नमस्ता गाउँपालिकाका फिरदोश अन्सारीलाई म्यान अफ द सिरिज, तिलाठी कोइलाडीका अमित मण्डललाई बेस्ट ब्याट्सम्यान र सोही गाउँपालिकाका दिपेश सरदारलाई बेस्ट बलरको पुरस्कार प्रदान गरियो ।
समापनको अवसरमा प्रदेश सभा सदस्य सकिल अली, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार, सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश श्रेष्ठ, वडा अध्यक्षहरु मौली मण्डल र साकिर अली खानसहितकाले पुरस्कार वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ