News Category 2071/08/24
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष गुप्ताको निधन
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्ष दशरथ प्रसाद गुप्ताको मंगलबार दिउँसो १ बजे निधन भएको छ ।
५२ वर्षिय अध्यक्ष गुप्ताको राजविराज ८ स्थित आफ्नै घरमा हृदयघातबाट निधन भएको हो । उहाँ विगत तीन वर्षदेखी मुटु सम्बन्धि रोगले पीडित हुनुहुन्थ्यो ।
उहाँ विगत पाँच वर्षदेखी जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष पदमा रहेर काम गरिहनु भएको थियो । उहाँको श्रीमती, एक छोरा र छोरी छन् ।
उहाँको निधन भएको खबर पाएपछि खेलकुदसँग आवद्ध सम्पूर्ण खेलाडी तथा पदाधिकारीहरु शोक व्यक्त गरेका छन् ।
यसैगरि नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपाने, जिलला सदस्य निरन्जन झा, विभिन्न खेलका प्रशिक्षक तथा खेलाडीहरु श्रद्धाञ्जली व्यक्त गर्न उहाँको निवासमा पुग्नु भएको थियो ।
उहाँको अन्तिम संस्कार बुधबार गरिने परिवारजनले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ