News Category 2080/01/24
किसानको समस्याप्रति कीन गम्भिर हुदैन सरकार !
सप्तरीका किसानहरुप्रति तीनै तहका सरकार गम्भिर भएको देखिदैन् । कृषिका लागि उर्भर भूमी मानिएको सप्तरीका किसानहरु जहिले पनि निकै कष्टकरका साथ खेती गर्न बाध्य छन् । अहिलेको समयमा आकाशे पानीको भरमा मात्र खेती गर्न सम्भव नरहेकाले जिल्लामा हालसम्म सिंचाईको उचित व्यवस्था हुन सकेको छैन् । यति मात्र नभएर यहाँका किसानहरुलाई समयमा आवश्यकता अनुसारको मल खाद, बिउ बिजन लगायतका आवश्यक सामग्रीहरु उपलब्ध नहुँदा निकै समस्या खेप्नुपरीरहेको छ ।
नेपाल कृषि प्रधान देश भन्ने अहिले उखानमै सीमित भएको छ । दिनभरी करायो दक्षिणा हरायौ भन्ने उखान झै यहाँका किसानहरुको यस्तै समस्याबाट पीडित छन् । असार महिना लागेपछि किसानहरु सिंचाईको उचित व्यवस्था नभएका कारणले धानको बेर्ना समेत छर्न पाउदैनन् । सिंचाईको उचित व्यवस्था तथा समयमा बर्षा पनि नहुँदा बर्षेनी यहाँका किसानहरुलाई यी यस्ता समस्याहरुले निकै पिरोलिने गरेका छन् । तर, पनि किसानहरुको समस्या समाधानका लागि राज्य तथा सम्बन्धित कुनै निकायको ध्यान जान सकेका छैन ।
सिंचाईको लागि पटक पटक यहाँका किसानहरुले सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सम्बन्धित निकाय कानमा तेल हालेर सुतेका हुन्छन । त्यस्तै समयमा आवश्यकता अनुसारको मल, खाद तथा बिउ बिजनहरु समेत यहाँका किसानहरुलाई उपलब्ध नहुँदा यहाँका किसानहरुलाई दोहरो समस्या खेप्नुपरीरहेका छन । माँग अनुसारको मल खाद उपलब्ध नभएकै कारणले यहाँका किसानहरु बाध्य भएर छिमेकी मुलुक भारतबाट चर्को मुल्य तिरेर मलखाद प्रयोग गर्न बाध्य हुन्छन् । तसर्थ किसानहरु समस्यै समस्याले ग्रसित हुँदा समाधानका लागि सरकार तथा सम्बन्धित निकायले गम्भिरता देखाउनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ